प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
आइतबार, बैशाख २८, २०८२
|
|
४१ पटक हेरिएको
Shares
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

सारांश

  •     सेन्टर सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवको नेतृत्वमा पुगेको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत उक्त ज्ञापनपत्र बुझाइएको हो ।
  •       ज्ञापनपत्रमा कथित राजावादी समूहले जिउँदै जलाएर पत्रकार सुरेश रजकको हत्यामा संलग्न समूहका नाइकेहरुलाई कानूनी कारबाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न माग गरिएको छ ।
  •       त्यस्तै पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रताहननका घटनाको बढोत्तरी र निर्माणाधिन सञ्चारसँग सम्बन्धितकानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुच नगर्ने कतिपय प्रावधानबाट प्रेस सेन्टर नेपाल चिन्तित र गम्भिर बनेको ज्ञापनपत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 

    प्रेस सेन्टर नेपाल सप्तरीले विभिन्न १० बँुदे माग राख्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । 
    सेन्टर सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवको नेतृत्वमा पुगेको टोलीले आइतबार प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत उक्त ज्ञापनपत्र बुझाइएको हो । 
    ज्ञापनपत्रमा कथित राजावादी समूहले जिउँदै जलाएर पत्रकार सुरेश रजकको हत्यामा संलग्न समूहका नाइकेहरुलाई कानूनी कारबाही गर्न र पत्रकार रजकलाई सहीद घोषणा तथा परिवारलाई उचित राहत प्रदान गर्न माग गरिएको छ । 
    त्यस्तै पत्रकारको हत्या, आक्रमण, भौतिक तथा पेशागत असुरक्षा, प्रेस स्वतन्त्रताहननका घटनाको बढोत्तरी र निर्माणाधिन सञ्चारसँग सम्बन्धितकानुनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुच नगर्ने कतिपय प्रावधानबाट प्रेस सेन्टर नेपाल चिन्तित र गम्भिर बनेको ज्ञापनपत्रमा उल्लेख छ । 
    परिवर्तनका लागि कलम चलाएकै कारणले तत्कालीन राज्यबाट हत्या गरिएका महान् सहिद कृष्ण सेन ‘इच्छुक’ सहितका पत्रकारका हत्यारालाई कानूनी दायरामा ल्याउन र राज्यबाट बेपत्ता पारिएका पत्रकारहरु दीपेन्द्र शर्मा (दण्डपाणि न्यौपाने), मिलन नेपाली, चित्रनारायण श्रेष्ठ, राजेन्द्र ढकालको अवस्था तत्काल सार्वजनिक गर्न माग समेत गरिएको छ । 
    पत्रकारको दक्षता अभिवृद्धिका लागि गठन गर्ने भनिएको आम सञ्चार प्रशिक्षण प्रतिष्ठान तत्काल गठन गर्न माग तथा पत्रकार वृत्तिकोषको कार्यान्वयनका लागि जारी गरिएको मापदण्ड तत्काल परिमार्जन गरेर जेष्ठ पत्रकारले सहज ढंगले वृत्तिकोषबाट लाभ लिन सक्ने प्रवन्ध गर्न ध्यानाकर्षण गराइएको छ । 
    नेपाल सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई बजेटमार्फत शतप्रतिशत वृद्धि र विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन वितरण प्रणाली लागू गर्नुका साथै स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन र केन्द्रबाट वितरण हुने सरकारी विज्ञापन स्थानीय तहका सञ्चारमाध्यमले समेत पाउनेगरी समानुपातिक वितरण प्रणाली लागू गर्न तथा अनलाइनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन लगायतका ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
झण्डै डेढ दशकपछि हुन लागेको स्ववियु  निर्वाचनले विद्यार्थीहरु उत्साहित
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
दिल्लीमा आयोजित धार्मिक कार्यक्रम निजामुद्दिनमा सहभागि भई फर्केकालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाउँदै प्रहरी
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
टे«ड युनियनलाई बलियो बनाउन नयाँ  योजनाका साथ अघि बढ्न सुझाव 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
सप्तरीमा एक बालकसहित थप ४ जनामा कोरोना संक्रमण
बाबा गणिनाथको मन्दिर निर्माण
बाबा गणिनाथको मन्दिर निर्माण
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन