राजपा र फोरम एकीकरणको अपरिहार्यता  

राजविराज राजविराज
|
शुक्रबार, माघ ४, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •     कानुनी केही जटिलताहरू छन् जसले गर्दा रेशम चौधरी अहिले पनि थुनामै बस्नुपर्ने बाध्यता छ ।
  • प्रक्रिया पु¥याएर अदालतबाट हुन्छ कि राजनीतिक निर्णय गरेर हुन्छ नेपाल सरकारले थरूहट आन्दोलनमा रेशम चौधरी माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्छ र उनी लगायत अन्य सबै कार्यकर्तालाई आम नेपाली सरह रिहा गरिनुपर्छ भन्ने हाम्रो माग हो ।
  •       संसदीय प्रक्रिया अनुसार रेशम चौधरी निलम्बनकै प्रक्रियामा छन् ।

मनिष सुमन
    हाम्रा पार्टीका सांसद रेशम चौधरलाई पद तथा गोपनियताको सपथ गराएर सरकारले अहिलेसम्मको आफ्नो कार्यकालमा यो काम अल्लि चेत पु¥याएर गरेको जस्तो मलाई लागेको छ । यो कदमलाई हामीले स्वागत गरिसकेका छौं । रेशम चौधरी लोकतन्त्रको विधि र प्रक्रिया अनुसार निर्वाचन क्षेत्रबाट अत्याधिक बहुमतले निर्वाचित लोकप्रिय जनप्रतिनिधि हुन्, तिनीलाई जनप्रतिधि भएको मान्यता दिन सरकारले कन्जुस्याँई गरेको थियो र अहिले आएको त्यो कन्जुस्याँईमा उदारता  देखाएको छ । उनको सपथ ग्रहण गराईएको छ । यसै अनुसार थरूहट र मधेश आन्दोलनको समयमा उनीमाथि लगाईएका सबै मुद्दाहरू नेपाल सरकारले फिर्ता लिनेछ भन्ने हामीले विश्वास लिएका छौं । रेशम चौधरीले न्यायको पहिलो खुड्किलो पार गरेका छन् ।
    हाम्रो पार्टीलाई दिएको एक हप्ताको समयमा प्रधानमन्त्रीले सपथ गराएर हामीलाई भुल्याउन खोजेका हुन भने त्यो मूल मात्र हो । यदि प्रधानमन्त्रीले त्यस्तो रणनीति अपनाएका हुन भने हामी पनि सावधान छौं । हामीले दबाब दियौं भने सरकार हल्का झुक्दो रहेछ नभए पहिले कै अवस्थामा बस्दो रहेछ । प्रधानमन्त्रीको रणनीति अनुरूप हामी पनि रणनीति बनाउन तल्लिन छौं । 
    कानुनी केही जटिलताहरू छन् जसले गर्दा रेशम चौधरी अहिले पनि थुनामै बस्नुपर्ने बाध्यता छ । प्रक्रिया पु¥याएर अदालतबाट हुन्छ कि राजनीतिक निर्णय गरेर हुन्छ नेपाल सरकारले थरूहट आन्दोलनमा रेशम चौधरी माथि लगाइएको मुद्दा फिर्ता गरिनुपर्छ र उनी लगायत अन्य सबै कार्यकर्तालाई आम नेपाली सरह रिहा गरिनुपर्छ भन्ने हाम्रो माग हो । 
    संसदीय प्रक्रिया अनुसार रेशम चौधरी निलम्बनकै प्रक्रियामा छन् । अदालतले उनलाई पूर्वपक्षको लाथि थुनामा राखेकोले र प्रहरीले उनलाई एउटा मुद्दामा अभियुक्त बनाएकोले उनी निलम्बरको अवस्थामा रहन्छन् । हामीले मधेश थरूहट आन्दोलनमा घटेका घटनाहरूको छानविनको लागि उच्च स्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुरा उठाइरहेका छौ । हामीले ३÷४ वटा विषयलाई विशेष महत्व दिएर उठाइरहेका छौं । संविधान संशोधन, आन्दोलनको समयमा शहादत प्राप्त गरेकालाई सहिद घोषणा घाइतेलाई उपचार, आन्दोलनको समयमा लगाईका झुट्टा मुद्दा खारेजी, नेपालको संविधान मधेशी, जनजाति, थारूमैत्री हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो र छ खस आर्यमैत्री संविधानलाई हामीले स्वीकार गरेर अपनत्व महसुस गर्न सकिरहेको छैनौं । आम जनताका मैत्री संविधान बनाउन त्यसलाई संशोधन गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग छ । 
    रेशम चौधरी लगायत अन्य कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता गर्न सरकारलाई कहिलेसम्मको सम्म फिर्ता लिन्छ अहिले नै भन्न सकिदैन । यो कुनै पसलको सामान होइन, यति समयपछि मिति सकिन्छ । सरकारले हाम्रो माग पूरा गर्छ भन्ने अपेक्षा हामीले राखेका छौं तर संविधान संशोधनको लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । मुद्दा फिर्ताको विषयमा पनि सरकारले कुनै पहल गरेको हामीलाई थाहा छैन । उपचार खर्च बाँकी रहेकाहरूको उपचार खर्च दिने र आन्दोलनमा शहादत प्राप्त गरेकाहरूलाई शहिद घोषणा गर्ने प्रक्रियामा ओली सरकारले कुनै काम अगाडि बढाएको आजसम्म थाहा पाएका छैनौं । देशमा दुई तिहाईको सरकार छ भन्ने अनुभव जनताले कुनै दिन गर्न पाएका पनि छैनन् । निर्मला पन्तको बलात्कार र हत्याको आरोपी पत्ता लगाउनदेखि वाइडवडी घोटला प्रकरणको सत्यतथ्य बाहिर ल्याउन यो सरकार चुक्दै गएको छ । प्रधानमन्त्री स्वयम् पनि यो विमान प्रकरणमा मुछिएको हो कि भन्ने आशंका पनि बढ्दै गएको छ । हाम्रा मागहरू पूरा गर्न अबको दिनमा प्रधानमन्त्री सकारात्मक भएर लाग्ने छन् भने ठिकै छ नभए सम्बन्ध तोडिन्छ । 
    पार्टी भित्र संयोजक परिवर्तन भएको केही दिन असन्तुष्टिहरू देखिएका थिए । समयक्रमसँगै अहिलेसम्म कोही असन्तुष्ट छैनन् । कतै कुनै किसिमको विवाद छैन पार्टी एकदम संगठित किसिमले चलेको छ । प्रत्येक जिल्लामा जिल्लाको विस्तारित बैठक चलिरहेको छ । राजपा नेपालले एउटा अनुशासित संगठन निर्माणको लागि महाधिवेशनको संघारमा छ । बैशाख ७÷८ र ९ गते हाम्रो महाधिवेशन आयोजना गरिएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा हाम्रो प्रत्येका जिल्लामा कार्यकर्ता क्रियाशिल रहेका छन् । महन्थ ठाकुरजीको नेतृत्वमा जसरी हामीले निर्वाचनमा सन्तोषजनक नतिजा हात पारेका थियौं, राजेन्द्र महतोज्यूको नेतृत्वमा हामी महाधिवेशन सफल पाछौं भन्ने विश्वास छ ।  
    दुर्गामी रूपमा हेर्ने हो भने मधेशका जनताले २०६४ को निर्वाचन होस् वा २०७० वा २०७४ तिनीहरू एक भएर आऊ भन्ने हामीलार्ई जनादेश दिएका छन् । मधेशवादी दलहरू आन्दोलन सँगै गर्छ भने त्यसरी नै पार्टी पनि एकीकृत गरेर आऊ  भन्दै आएका छन् । सोही आदेश अनुसार हामी ६ वटा पार्टीलाई चेत खुल्यो र एकीकरण गयौं । अब फोरमसँग पनि एकीकरण होस् भनेर हामीले चाहेकै छौं । अहिले फोरमले पार्टी एकीकरणको लागि एउटा वार्ता समिति नै बनाएको छ । त्यो सकारात्मक कदम हो । एउटा पार्टी सरकारमा रहने अर्को सरकार बाहिर रहेर त पार्टी एकीकरण हुँदैन बाटो एउटै हुनुपर्छ । 
    राजपा र फोरम एउटै पथमा हिंड्यौं भने लक्ष्य नजिक रहन्छ । जे–जसरी होस् पार्टी एकीकरण गरेर मधेशमा एउटै शक्ति अत्यावश्यक छ । निर्वाचन आयोगको थ्रेस होल्डको प्रावधान, मधेशी जनताको इच्छा, निर्वाचनमा पाइएको मतादेश यी सबैलाई हेर्दा पार्टी एकीकरणको विकल्प छैन । 
    तर राजपासँग एकीकरण गर्ने हो भने फोरमले सरकार त त्याग्नु नै पर्छ । सरकार भनेको मन्त्री समिल्लित दल हो । राजपा नेपाल अहिले पनि प्रतिनिधिसभाको संसदीय अभ्यासमा विपक्षी कै बेञ्चमा बस्छ । सरकारले प्रस्तुत गरेको विद्येयकहरूमा विपक्षीको भूमिका निर्वाह गर्छ । सरकारको गुण र दोषको आधारमा संसदीय भूमिका निर्वाह गर्छ । राजपालाई सरकारको हिस्सा भन्न मिल्दैन । 
    प्रदेश २ मा सत्तासमीकरण परिवर्तन हुने चर्चा गलत हो । हामी प्रदेशसभाको सदस्य छौं । हामीले त्यस्तो चर्चा सुनेका छैनौं । राजपा नेपाल प्रदेश २ मा सरकारमा सहभागी दल हो । सरकार र मुख्यमन्त्रीले कुनै गम्भीर अपराध नगरेसम्म प्रदेश नम्बर २ को सरकारमा हामी सामेल रहन्छौं । 
    पक्कै पनि राजपा नेपाललको महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन्छ । यसमा कुनै दुईमत छैन । महाधिवेशन अपरिहार्य चिज हो यसले पार्टीभित्रका थुप्रै बेथितीहरूलाई निरूपण गर्नेछ । (राजपा नेपाल महासचिव सुमनसँग गरिएको कुराकानीको सम्पादित अंश ) (मधेश दर्पण फिचर सेवा)
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
“गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन 
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
पडेमरा अग्निपीडित परिवारलाई जस्तापाता बितरण
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
हात्तिले आधा दर्जन बढी घर भत्कायो
हात्तिले आधा दर्जन बढी घर भत्कायो
राजपाबाट राष्ट्रिय सभा सदस्यमा मृगेन्द्र यादव र शेखर सिंहको नाम सिफारिस
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद
गोदामबाट प्रतिबन्धित लागु औषध गाँजासहित  ठूलो परिमाणमा अवैध मालसामान बरामद
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
फोहोर र प्रदुषण अन्त्य गर्न तथा  वातावरण संरक्षण गर्न माग गर्दै प्रदर्शन
एक महिनामा ४० अपराधी पक्राउ
एक महिनामा ४० अपराधी पक्राउ