दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
जिल्ला भारत्तोलन संघ सप्तरीले भारोतोलनका राष्ट्रिय खेलाडी स्व. देव सुन्दर यादवको सम्झनामा बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
भारोत्तलनका रेफ्री समेत रहेका राजविराज ९ विषहरिया निवासी स्व. देव सुन्दर यादवको १३ औं दिनको पुण्य तिथिको अवसर पारी भारोतोलन संघले सो श्रद्घाञ्जली सभाको आयोजना गरेको हो ।
५२ बर्षिय यादवको गत कात्तिक २४ गते उनको निधन भएको थियो । खेलकुद क्षेत्रमा उनले गरेको योगदानको सम्झना गर्दै प्रथम श्रद्घाञ्जली सभा गरिएको छ ।
स्व. यादव सप्तरीबाट प्रतिनिधित्व गर्दै भारोतोलनमा कयौ पटक स्वर्ण र रजक पदक प्राप्त गरेका खेलाडी थिए । भारोतोलन सघ सप्तरीका सस्थापक सदस्य समेत रहेका स्व. यादव राष्ट्रिय टिममा सहभागी हुदै पछिल्लो समयमा राष्ट्रिय रेफ्रीको रुपमा समेत भुमिका निर्वाह गर्दै आएको संघका अध्यक्ष महेश यादवले बताए ।
उनको निधनले जिल्लाको मात्र नभई राष्ट्रकै भारोतोलन खेलमा अपुरणिय क्षति पुगेको श्रद्घाञ्जली सभाका सहभागीहरुले बताएका थिए ।
भारोतोलन संघ सप्तरीका अध्यक्ष महेश यादवको अध्यक्षतामा आयोजित श्रद्घाञ्जली सभामा प्रमुख अतिथि पूर्व राष्ट्रिय एव बरिष्ठ खेलाडी श्रीलाल देव, पत्रकार महासंघका पूर्व सभापति ब्याश शंकर उपाध्याय, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज कुमार माझी, टेबुल टेनिस संघका जिल्ला अध्यक्ष मनोहर पोखरेल, ब्याडमिन्टन संघका अध्यक्ष अरुण शारदा, भारोतोलन संघका सल्लाहकारद्वय सुर्यनारायण यादव, डा. शिवशंकर यादव, जिल्ला खेलकुद विकास समितिका निमित प्रमुख राजकुमार परियार लगायतले स्व. देवको योगदानको चर्चा गर्दै श्रद्घाञ्जली अर्पण गरेका थिए ।
भारोत्तोलन खेलाडी स्व. देवसुन्दरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न
सारांश
- भारोत्तलनका रेफ्री समेत रहेका राजविराज ९ विषहरिया निवासी स्व.
- देव सुन्दर यादवको १३ औं दिनको पुण्य तिथिको अवसर पारी भारोतोलन संघले सो श्रद्घाञ्जली सभाको आयोजना गरेको हो ।
- ५२ बर्षिय यादवको गत कात्तिक २४ गते उनको निधन भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया