बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन

राजविराज राजविराज
|
शनिबार, आश्विन १७, २०७७
|
|
८४ पटक हेरिएको
Shares
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन

सारांश

  •     अधिकांश बैंक पहिलो तल्ला वा माथिल्लो तल्लामा रहेका हुनाले बृद्धबृद्धाहरुलाई सिंढी चढेर बैंकसम्म छपुग्न निकै सकस गर्नु परेको छ ।
  •       यसैबीच शुक्रबार राजविराजस्थित सेन्चुरी बैंकमा राजविराज १५ की ९९ वर्षिया बृद्धा बचियादेवी यादव बृद्ध भत्ता लिन पुग्दा सिंढी चढ्दा चढ्दै बेहोस भएर लडिन ।
  • उनको साथमा आएकी बुहारी सोनाबत्तिले जसोतसो सासुलाई सम्हालेकी थिईन् ।

दैनिक समाचारदाता
राजविराज, १६ असोज । 
    सरकारले जेष्ठ नागरिकहरुलाई दिँदै आएको बृद्ध भत्ता लिन अहिले जेष्ठ नागरिकलाई बैंकसम्म पुग्न धौं धौं पर्ने गरेको छ । शारीरिक रुपमा असक्त भएकाहरुलाई सो भत्ता लिन बैंकसम्म पुग्न अत्यन्त कठिनाई हुने गरेको छ । 
    अधिकांश बैंक पहिलो तल्ला वा माथिल्लो तल्लामा रहेका हुनाले बृद्धबृद्धाहरुलाई सिंढी चढेर बैंकसम्म छपुग्न निकै सकस गर्नु परेको छ । 
    यसैबीच शुक्रबार राजविराजस्थित सेन्चुरी बैंकमा राजविराज १५ की ९९ वर्षिया बृद्धा बचियादेवी यादव बृद्ध भत्ता लिन पुग्दा सिंढी चढ्दा चढ्दै बेहोस भएर लडिन । उनको साथमा आएकी बुहारी सोनाबत्तिले जसोतसो सासुलाई सम्हालेकी थिईन् । उनले अन्य ग्राहकहरुसँग पनि सहयोग गरिदिन आग्रह गरिन् । 
    सिटी रिक्सामा ५ सय रुँपैया भाडा तिरेर रिजर्भ गरि उनी बृद्ध भत्ता लिन आउछिन् । शारीरिक रुपमा अत्यन्त असक्त रहेकी बचियादेवी घरमै ल्याएर बृद्ध भत्ता बितरणको व्यवस्था हुन सकेमा आफूलाई सहज हुने र खर्च पनि बच्ने बताउछिन् । 
    उनको पति बौवालालको २९ वर्ष अगाडी मृत्यु भएको तथा कान्छो छोराको पनि १४ वर्षअघि निधन भएको र जेठा छोरा छुटिएर अलग बसेका कारण कान्छी बुहारी सोनाबत्तिको आश्रयमा उनी बस्दै आएकी छिन् । 
    कहिलेकाँही कान्छी बुहारी सोनाबत्ति पनि फुर्सदमा नरहने भएकाले छरछिमेकीको सहारा लिएर भएपनि उनी राजविराज पुग्ने गरेकी हुन् । 
    मोटरसाइकल वा सिटी रिक्सामा एक्लै बस्ने नसक्ने, हिडडुल पनि गर्न नसक्ने भएकाले एक जना उनलाई सहारा दिने मानिसको आवश्यकता पर्ने गरेको बुहारी सोनाबत्तिले सुनाइन् ।
    यस्तो समस्या बचियादेवीले मात्र नभई जिल्लाका अन्य असशक्त बृद्धबृद्धाहरुले पनि भोगिरेहका छन् । बृद्ध उमेरमा हिडडुल गर्न सक्ने नभएकाले एक्लै बैंकमा आउन उसै पनि गाहे, त्यसमाथी बैंकको दोश्रो र तेश्रो तल्लामाथी सिढी चढेर जान झनै सकस रहेको पीडित बृद्धबृद्धाहरु बताउँछन् । 
    यता स्थानीयले जेष्ठ नागरिकलाई राज्यले केही सहयोग पुगोस् भनी भत्ता उपलब्ध गराएपनि लिन जानका लागि साह्ै कष्ट रहेको बताउँदै असशक्तका लागि सरकारले घरदैलोमै भत्ता बितरणको व्यवस्था मिलाइदिनु पर्ने माँग गरेका छन् । 
    यस्तै राजविराज नगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रामप्रसाद यादवले असक्त बृद्धबृद्धाका लागि भत्ता लिन घरबाट पाँच किलोमिटर टाढाको बैंक धाउन समस्या रहेको स्विकार गर्छन् । जेष्ठ नागरिकको भत्ता बैंकबाटै दिने प्रावधान रहेका कारण चाहेर पनि केही गर्न नसकेको उनको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
नगरको विकासका लागि मास्टर प्लान  आवश्यक ः प्रदेशसभा सदस्य यादव
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
दलाललाई विश्वास गर्दा युवाहरू ठगिदै 
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी,  यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
कंकालिनि मन्दिरमा विगत तीन वर्षदेखी राँगा बलिमा कमी, यस वर्ष गत वर्षको तुलनामा ७५ वटा कम बली प्रदान
पैगम्बरको जन्म दिन धुमधामका साथ मनाइयो
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
सात बुँदे माग अघि सार्दै हरवा–चरवाले एकै दिन सप्तरीका १८ वटै पालिकामा बुझाए मागपत्र 
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
तालाबन्दीप्रति सप्तरीका पाँच वटा संघ–संगठनद्वारा आपत्ति
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता
सप्तरी क्षेत्र नं. २ मा सीके दोब्बर भन्दा बढी मतले अगाडी प्रदेशसभा १ र २ मा पनि जनमतकै सतिश र महेशको फराकिलो अग्रता