दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सप्तरीको महादेवा गाउँपालिका १ स्थित दुई वटा विद्यालयमा भवन निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको खुलासा भएको छ ।
महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विदालय सोनरामा प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको संसदीय विकाश कोषवाट ८० लाखको ४ कोठे भवन उपभोक्ता समितिको सूचना स्थानिय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको पाइएको छ ।
दुबै विदालयमा ८० लाखको भवन निर्माणको लागी स्थानिय संचार गृहको मिडियाहरुमा कुनै किसिमको सूचना प्रकाशन तथा प्रसारण नगरी गोप्य ढंगबाट उपभोक्ता समिति निर्माण गरिएको स्थानियले बताएको छ ।
मन्त्रि साहको संसदीय विकाश कोषवाट पकरी माविमा २ कोठे भवनको लागी ५० लाख र सोनरा राप्राविको लागी ३० लाखको २ कोठे भवन उपभोक्ता समितिमा कार्यकर्ता, आफना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेको स्थानिय उपभोक्ता विधानन्द यादवले आरोप लगाए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरुवारै गाउँपालिकामा कुनै किसिमको जानकारी नरहेको सञ्चारकर्मीलाई बताए ।
दुई विद्यालय भवन निर्माणका लागि मनपरी ढंगले उपभोक्ता समिति गठन
सारांश
- महादेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता मा.
- वि.
- पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विदालय सोनरामा प्रदेश २ का सामाजिक विकास मन्त्रि नवल किशोर साहको संसदीय विकाश कोषवाट ८० लाखको ४ कोठे भवन उपभोक्ता समितिको सूचना स्थानिय संचार मिडियामा प्रकाशन तथा प्रसारण नगरी गोप्य रुपमै आप्mनो आफन्त नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको पाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया