दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
साह सेवा सदन राजविराजको अध्यक्षमा दुर्गा प्रसाद साहको प्यानल बिजयी भएको छ ।
शनिबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् आईतबार विहान घोषित परिणाम अनुसार अध्यक्ष पदमा दुर्गा प्रसाद साहले प्रतिस्पर्धी योगानन्द साहलाई ६ मतले पराजित गरेका हुन् ।
अध्यक्ष पदमा निर्वाचित साहले १ सय ८० मत प्राप्त गरको छन भने उनका निकटतम प्रतिद्वन्दी योगानन्दले १ सय ७४ मत प्राप्त गरेका छन् । दुर्गा प्रसाद साहकै प्यानलबाटै उपाध्यक्ष, सचिव र ५ सदस्य निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा भने योगानन्द प्यानलका उम्मेदवार कामेश्वर साह बिजयी भएका छन् । निर्वाचित ९ सदस्ययी कार्यसमितिको कार्यकाल ४ वर्ष रहेको निर्वाचन समितिले जनाएको छ ।
कुल ५ सय १४ मतदाता रहेको सदनको निर्वाचनमा ३ सय ८४ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको निर्वाचन समितिका संयोजक डोमन साहले जानकारी दिए ।
साह सेवा सदनमा दुर्गा साहको प्यानल बिजयी
सारांश
- शनिबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् आईतबार विहान घोषित परिणाम अनुसार अध्यक्ष पदमा दुर्गा प्रसाद साहले प्रतिस्पर्धी योगानन्द साहलाई ६ मतले पराजित गरेका हुन् ।
- अध्यक्ष पदमा निर्वाचित साहले १ सय ८० मत प्राप्त गरको छन भने उनका निकटतम प्रतिद्वन्दी योगानन्दले १ सय ७४ मत प्राप्त गरेका छन् ।
- दुर्गा प्रसाद साहकै प्यानलबाटै उपाध्यक्ष, सचिव र ५ सदस्य निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया