सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 

राजविराज राजविराज
|
सोमबार, आश्विन १०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 

सारांश

  •     म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको थियो ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका थिए ।
  •       मधेश प्रदेशको ८ वटै जिल्लामा २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० असोज । 

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने भएको छ । 
    म्यादी प्रहरीमा भर्नाका लागि सप्तरीमा ८ हजार ९ सय ६० जनाको आवेदन परेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार म्यादी प्रहरीमा भर्ना हुनका लागि तोकिएको अन्तिम दिन बिहीबार १ हजार ६ सय २३ महिला र ७ हजार ३ सय ३७ पुरुषले आवेदन दिएका थिए । 
    मधेश प्रदेशको ८ वटै जिल्लामा २३ हजार सात सय ७१ म्यादी प्रहरी खटाइने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 
    मधेश प्रदेशका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार सिरहामा दुई हजार आठ सय नौ, धनुषामा तीन हजार चारसय ८६, महोत्तरीमा दुई हजार आठ सय एक म्यादी प्रहरी खटाइने छ । 
    त्यस्तै सर्लाहीमा तीन हजार तीन सय सात, रौतहटमा दुई हजार नौ सय ३९, बारामा तीन हजार एक सय ४४ र पर्सामा दुई हजार सात म्यादी प्रहरी खटाइने छ ।
    मधेस प्रदेश प्रहरी कार्यालयले भर्नाका लागि आवेदन दिने असोज ६ गते अन्तिम दिनसम्ममा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका सबै जिल्लाहरुमा ११ हजार ८ सय २७ महिला र ५५ हजार ५७ पुरुष गरि ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको थियो ।
    प्रवक्ता तिमिल्सिनाले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा खटिसकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको र पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने बताए । 
    आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
विश्वविद्यालयले भूल स्वीकार गरेपछि जनमतले १८ दिनपछि खोल्यो ताला
करेन्ट लागेर मृत्यु                                                                                  
करेन्ट लागेर मृत्यु                                                                                  
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
सीप सिकेर मात्र बैदेशिक रोजगारीमा जान सुझाव
ऋण दिएको कागजको सट्टा झुक्याएर जग्गा नै बिक्रि गरेको कागजमा आंैठा छाप
सरसफाइप्रति पवित्री देवीको मोह
सरसफाइप्रति पवित्री देवीको मोह
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
दिपक मृत्यु प्रकरण, अनुसन्धानका लागि केटी साथी प्रहरी नियन्त्रणमा
पत्रकार झाप्रति श्रद्धाञ्जली 
पत्रकार झाप्रति श्रद्धाञ्जली 
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
सरकारी अस्पताल छोडेर निजी अस्पतालमा जानेहरुमाथी निगरानी गरिने ः मेयर यादव
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित