सरसफाइप्रति पवित्री देवीको मोह

राजविराज राजविराज
|
सोमबार, चैत्र १९, २०८०
|
|
११४ पटक हेरिएको
Shares
सरसफाइप्रति पवित्री देवीको मोह

सारांश

  •     न्युन आयस्तर तथा ठुलो परिवार भएकोले घरको आर्थिक समस्याहरुको सामाधानका लागिपवित्री महराको श्रीमान बैदेशिक रोजगारीको लागि बिदेशिएको छ ।
  • यो बाहेक उनले विभिन्न समयहरुमा अरुको खेतवारीमा ज्याला मजदुरी गर्ने गरेको एवंथप आम्दानिका लागि बाख्र्रापालन समेत गर्दे आईरहेकि छिन् ।
  • केहि वर्ष अगाडि मात्र उनले ठुली छोरीको बिहे गरेकि छिन भने माईलि छोरी कक्षा ५ मा अध्यनरत्त छिन भने कान्छि छारीको अहिलेसम्म बिद्यालयमा भर्ना गरिएको छैन ।

दैनिक समाचारदाता
सिरहा, १९ चैत । 

    सिरहा नगरपालिका वडा नं. २ महरा टोल बस्ने बर्ष ४५ को पवित्री देवी महरा ३ छोरी र १ छोरा कि आमा हुन । केहि वर्ष अगाडि उनकोजेठी छोरीको बिवाह भई सकेको छ भने छोरा भर्खरै १९ बर्षको भएको छ भने सानो दुई छोरीहरु क्रमशः १४ र १२ बर्षको भएको छ ।
    न्युन आयस्तर तथा ठुलो परिवार भएकोले घरको आर्थिक समस्याहरुको सामाधानका लागिपवित्री महराको श्रीमान बैदेशिक रोजगारीको लागि बिदेशिएको छ । यो बाहेक उनले विभिन्न समयहरुमा अरुको खेतवारीमा ज्याला मजदुरी गर्ने गरेको एवंथप आम्दानिका लागि बाख्र्रापालन समेत गर्दे आईरहेकि छिन् ।केहि वर्ष अगाडि मात्र उनले ठुली छोरीको बिहे गरेकि छिन भने माईलि छोरी कक्षा ५ मा अध्यनरत्त छिन भने कान्छि छारीको अहिलेसम्म बिद्यालयमा भर्ना गरिएको छैन । १ मात्र छोराले ३ कक्षा सम्म पढेर विचमै पढाई छाडेका छन । 
    विगत एक दशकमा सरससफाइको क्षेत्रमा निक्कै नै परिवर्तन भएको उनले आफनै आँखाले देखेका र भोगेका छिन यद्यपि उनले सरसफाइलाई कहिले पनि प्राथमिकतामा राखिनन् । नेपालमा सन् २०१४ देखि सन् २०१८ सम्म चलेको खुल्ला दिसा मुक्त क्षेत्रको वृहत अभियानको समयमा अभियानकर्मीहरुको दवावमा उनले आफने घरमा कंक्रिट रिङ्गको अस्थायी चर्पी वनाईन तर केहि महिना नवित्दै उक्त चर्पी भत्केर गयो र नाम मात्रको चर्पी भएकोले मुस्किलले एक दुई साता मात्र प्रयोग भएको थियो । नाम मात्रको चर्पी भएकोले उनका परिवार सधै वाहिर नै दिसा पिसाव गर्दै आईरहेको थियो । 
    बाढिको दृष्टिकोणले उनका गाँउ बाढि प्रभावित क्षेत्रहुन समय समयमा गाँउमा पानी जमेर बाढि समेत पस्ने गरेको छ । बर्षाको समयमा चर्पी गर्न जान निकै कठिनाई हुेने गरेको र त्यो वेला चर्पीको आवश्यकता महशुस समेत हुने गरेको तर केहि दिनमा वर्षा सकेपछि फेरी उनी ती समस्या विर्सन्छन र नियमित बाहिर जाने गरेको उनी बताउछिन् । हुन त छोरीहरुले कयौ पटक चर्पी चाहिन्छ रातबिरात गारो हुन्छ भने आवाज नउठाएको हैन यद्यपि उनीहरुको आवाजलाई पवित्रीले नसुनेको जस्तो गरेको स्वीकार गरेकी छिन । 
    यसै क्रममा एक दिन सबल नेपालका कर्मचारीहरुले पुर्ण सरसफाइका लागि बानी व्यवहार परिवर्तन सम्बन्धी अभियानको क्रममा पावित्रीको घरमा पुगेर सरसफाइ तथा स्वच्छताको अवस्था निक्कै दयनीय देखिएकोले तत्काल उनलाई गाँउमा हुने गरेको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धीको अभिमुखिकरणमा सहभागिताको लागि अनुरोध गरे र संग संगै उनलाई सरसफाइ तथा स्वच्छता सम्बन्धी परामर्श पनि गर्न थाले विस्तारै पावित्रिले तालिममा तथा कर्मचारीहरुको परामर्शवाट सरसफाइ तथा स्वच्छता बाट हुने फाईदाहरु, आफनो तथा आफनो परिवारलाई यस बाट हुन सक्ने फाईदा एवं आफनो छोरीहरुले यसको कारण भोग्दै आएको समस्याहरु सम्झेर उसलाई आफुले गरेको गल्तीको गलानी भएको र तत्कालै घरमा चर्पी बनाउनका लागि विदेशमा रहेको आफनो श्रीमानसंग सल्लाह गरी जीर्ण रहेको चर्पीलाई नयाँ चर्पी बनाएको छ भने सुरक्षित पानीका लागि आँगनको ट्युवेललाई बाढिको पानी नपसोस भनेर जमीन सतह भन्दा ४ फिट अग्लो बनाई कलमुनि प्लेटफर्म बनाएको छ । यसै गरी उसले कल नजिकै साबुन पानीले हात धुने स्थान, भाँडा वर्तन सुकाएर राख्ने रयाक एंव घर आँगन सधै सफा सुग्घर राख्ने गरेको छ । 
    पावित्रीको व्यवहारमा आएको परिवर्तनदेखि उनका छिमेकीहरु दंग छिन् । जनचेतनाको अभावले छोरा पढाउन नसकेकोले उनी पछुतो गर्दे आगामि दिनमा आफनो दुवै छोरीलाई १० कक्षा सम्म पढाउने उसले निधो गरेकी छिन् । 
    सबल नेपालले सन् २०१८ देखि सिरहा जिल्लाको विभिन्न नगरपालिका तथा गाँउपालिकाहरुमा ग्उ(कअबष्लिन ध्ब्क्ज् क्थकतझ क्तचभलनतजभलष्लन ब्उउचयबअज ष्ल तजभ त्भचबष् च्भनष्यल या ल्भउब ि९ल्एी ज्ञण्डद्द(द्दद्द० परियोजना द्यःश्रख्ऋब् तथा ध्भतिजज्गलनभचज्ष्ािभ ध्ज्ज् को सहयोगमा संचालनमा रहेको छ । यस परियोजनाको मुख्य लक्ष्य सामुदायिक संलगनता मार्फत पानी सरसफाइको उपल्बधता र दिगो व्यवस्थापनलाई प्रर्वघन गर्नु, उपभोक्तालाई गुणस्तरीय खानेपानी सरसफाइ र स्वच्छता सेवा उपल्बध गराउनु तथा स्थानीय शासनको क्षमतामा अभिवृद्धि गराई उनीहरुको अपन्तव बोध गराई नेतृत्व कायम गराउनु रहेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
दुई वर्षदेखी हराएका बालकको भारतबाट उद्धार
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
टि २० विश्वकप क्रिकेट छनोटका लागि घोषित टिममा सप्तरीका बिबेक यादव परे
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
प्रहरीद्वारा आगलागि बारे  जनचेतामूलक कार्यक्रमहरु संचालन
प्रहरीद्वारा आगलागि बारे  जनचेतामूलक कार्यक्रमहरु संचालन
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
बाढीले बगाएको सडक दुई वर्ष बितिसक्दा पनि नबन्दा जोखिमपूर्ण यात्रा कायमै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै 
बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै 
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?