दैनिक समाचारदाता
राजविराज, ५ भदौं ।
एक गर्भवती महिलालाई नेपाल सेनाका जवानले रक्तदान गरि ज्यान जोगाएका छन् ।
राजविराजस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ति मुखियाको ज्यान जोगाएका हुन् ।
मंगलबार साँझ प्रशव व्यथाले च्यापेपछि आफन्तले सिटी रिक्सामा राखेर रामवत्तिलाई राजविराजस्थित अनारभुवनेश्वर अस्पतालमा पु¥याएका थिए । अत्याधिक रक्तश्रावका कारण तुरुन्तै ए पोजेटिभ समूहको रगत व्यवस्था गर्न चिकित्सकले महिलाका आफन्तलाई भनेका थिए ।
रक्तसंचार केन्द्रदेखी अन्य विभिन्न संघसंस्था र व्यक्तिमा रगतका लागि भौतारिदा पनि सो समूहको रगत फेला नपरेपछि आफन्त सेनाको शरणमा पुगेका थिए ।
मानविय आधारमा तत्कालै गणका सेनाहरुको रगत परिक्षण गर्न लगाई ए पोजेटिभ रगत समूह फेला परेका अमलदार राणा र साउदले रक्तदान गरि गर्भवति महिलाको ज्यान जोगाएको गणका कार्यअधिकृत सेनानी अमर बहादुर थापाले जानकारी दिए ।
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
सारांश
- राजविराजस्थित भिमदल गणमा कार्यरत अमलदार माधवराज राणा र दिपेन्द्र सिंह साउदले रक्तदान गरि सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ बस्ने गर्भवती महिला रामवत्ति मुखियाको ज्यान जोगाएका हुन् ।
- मंगलबार साँझ प्रशव व्यथाले च्यापेपछि आफन्तले सिटी रिक्सामा राखेर रामवत्तिलाई राजविराजस्थित अनारभुवनेश्वर अस्पतालमा पु¥याएका थिए ।
- अत्याधिक रक्तश्रावका कारण तुरुन्तै ए पोजेटिभ समूहको रगत व्यवस्था गर्न चिकित्सकले महिलाका आफन्तलाई भनेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया