हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 

राजविराज राजविराज
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
४४ पटक हेरिएको
Shares
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 

सारांश

  •     बिहीबार राजविराज २ निवासी १ सय १२ वर्षिया जिल्लाकै सम्भवतः ज्येष्ठ नागरिक मानिएकी महमाया देवी झाको निधन भएपछि अन्त्येष्टिका लागि हनुमाननगर कंकालिनी नगरपालिका १२ कोशी किनारस्थित कोशी घाट लगिएको थियो ।
  • तर, त्यहाँ अन्तिम संस्कार गर्न दिईएन् ।
  • वडाध्यक्षको आदेश भन्दै स्थानीय व्यक्तिहरुले शवको अन्तिम संस्कार गर्न रोक लगाए ।

नवीनकुमार गुप्ता
राजविराज, ११ असोज ।

    जिउँदो मानव लागि संसार भरिमा कुनै पनि ठाउँको जग्गा प्राप्त गर्न सम्भव रहेपनि मृत्युपछि त्यही मानवलाई अन्तिम संस्कार गर्न थोरै जग्गा उपलब्ध नहुनु कति पीडादायी होला ? यस बारेमा मानविय सम्वेदना भएको जोसुकैले गम्भिर भएर सोच्दा पक्कै पनि पीडाको अनुभूति हुन्छ नै । यस्तै पीडादायी घट्ना भएको छ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ।
    बिहीबार राजविराज २ निवासी १ सय १२ वर्षिया जिल्लाकै सम्भवतः ज्येष्ठ नागरिक मानिएकी महमाया देवी झाको निधन भएपछि अन्त्येष्टिका लागि हनुमाननगर कंकालिनी नगरपालिका १२ कोशी किनारस्थित कोशी घाट लगिएको थियो । तर, त्यहाँ अन्तिम संस्कार गर्न दिईएन् । वडाध्यक्षको आदेश भन्दै स्थानीय व्यक्तिहरुले शवको अन्तिम संस्कार गर्न रोक लगाए ।
    मानव अधिकारको विश्वव्यापी घोषणापत्रले मानवका लागि जन्मदेखि मृत्यू उपरान्त पनि आफ्नो संस्कृती परम्परा अनुसार अन्तिम संस्कार र किरियाकर्म गर्न सम्मको अधिकार सुरक्षित गरेपछि हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष श्रीचन्द्र मुखियाले त्यसको ठाढो उल्ल्ंघन गरेको पाईएको छ ।
    वडाध्यक्ष मुखियाले कोशी किनारमा अवस्थित शवदहन स्थलमै सूचना अंकित साइनबोर्ड नै लगाएर हनुमाननगर कंकालिनी नगरपालिका बाहेक अन्यत्रबाट ल्याइएका शवहरु जलाउन रोक लगाएका छन् । “यस नगरपालिका क्षेत्र बाहिरका कुनै पनि लाश जलाउन सख्त मनाही छ । सूचनाको उल्लंघन गरी लाश जलाएको पाईए कडा कारवाही हुने व्यहोरा सूचित गरिन्छ” वडाध्यक्ष मुखियाले २०८१ साउन २२ गतेको मिति उल्लेख गरि झुण्डयाएको साईनबोर्डमा लेखिएको छ ।
    उक्त शवदहन स्थल संघीय र मधेश प्रदेश सरकारको लगानीमा निर्माण भएको हो । 
    बिहीबार अविरल वर्षा भइरहेको बेला महमायाको शव लिएर सो स्थानमा पुगेको तर, शवको दाह संस्कार गर्न नदिएपछि यस्तो मौसममा कता भौतारिने भन्दै मलामीहरुले यतै अन्त्येष्टी गर्न दिन पटक–पटक हारगुहार गरेपनी शव जलाउन नदिएको मलामीमा सहभागि राजविराज नगरपालिका वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष समिर झाले बताए । 
    प्रतिकूल मौसममा अनुनय बिनय गर्दा पनि शवदहन गर्न नदिएपछि वर्षामा भिज्दै १० किलोमिटर टाढा सप्तकोशी ब्यारेज किनारमा आमाको शव पु¥याएर अन्तिम संस्कार गरिएको मृतकका छोरा भोला झाले बताए । 
    हनुमाननगर कंकालिनी नगरपालिकाको कोशी घाटमा अन्त्येष्टीका लागि ल्याइएको शवलाई जलाउनै नदिई फिर्ता पठाउनु अमानविय कार्य भएको मलामीमा सहभागि राजविराज ५ का मनोज झाले प्रतिक्रिया दिएका छन् । 
    राजविराज वडा नं. ७ का वडा सदस्य रामानन्द देवले भने, “मानविय सम्वेदनशीलता नबुझेका केही जनप्रतिनिधीका कारण अन्य जनप्रतिनिधिको पनि लाजले शिर निहुराउने काम भएको छ ।” 
    जग्गा नापजाँच ऐन २०१९ र मालपोत ऐन २०३४ अनुसार सडक, बाटो, रेल्वे, सरकारी भवन वा कार्यालय रहेको जग्गा, नेपाल सरकारको अधिनमा रहने वन, बुट्यान, जंगल, नदीनाला, नदी उकास, ताल, पोखरी, सोको डिल, नहर, कूलो, ऐलानी, पर्ती, भिरपहरा, डगर–बगर, कुवाँ, पानी–पँधेरो, गौचर, मठमन्दिर, धार्मिक उपासना गर्ने स्थल, मसानघाट र चिहान लगायतका स्थलहरुलाई सार्वजनिक स्थल भनेर तोकेका छन् ।
    विश्व हिन्दु परिषद् नेपाल मधेश प्रदेश सचिव जंगबहादुर सिंहले भने, “सनातन हिन्दु धर्मावलम्बीहरुको शव जलाउन कुनै पनि शवदहन स्थलमा रोक लगाउनु कानुन र हिन्दु संस्कार विपरीत रहेको छ, यदी यस्तो गरेको पाइएमा त्यस्ता संस्था वा व्यक्तिलाई कानुन बमोजिम कारवाही हुनुपर्छ ।”
    हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख बिरेन्द्र माझीले आफ्नै पालिकाको १२ नं. वडामा अन्यत्रबाट शव जलाउन आएकाहरुलाई बञ्चित गराइएको घटनाप्रति दुःख व्यक्त गर्दै भने, “कुनै पनि शवदहन स्थल पालिकाको हुँदैन्, त्यो सम्पूर्ण मानवजातीको हुन्छ ।” उनले भने, “यस्ता घटनाले सिंगो पालिकालाई नै बदनाम गर्ने कार्य भएको छ, म यसप्रति निकै गम्भिर छु, वडा अध्यक्ष र स्थानीयसँग चाडै नै यस विषयमा कुरा गर्नेछु ।”
    यता वडा अध्यक्ष मुखियाले बाहिरबाट अन्त्येष्टीका लागि शव लिएर आउनेहरुमध्ये कतिपयले शव जलाइसकेपछी घाट स्थललाई सफा नगर्ने र फोहर अवस्थामै छाडेर जाने गरेको बताउँदै बस्तीवासीले दुर्गन्ध फैलिएर स्वास्थ्यमाथी समस्या आउन थालेको भन्दै सूचना टाँस गरेर अन्य पालिकाबाट आउने शव अन्त्येष्टीमा रोक लगाएको स्विकार गरे । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
नेकपा प्रचण्ड नेपाल समुहका सात जना पक्राउ
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
२० महिने शिशुको तौल ४ किलो,  विपत्तमाथी कुपोषणले ग्रस्त छोरीको  उपचारको भारीले रन्जनाको कन्तबिजोग
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 
विद्यालयमा प्रअका छोरी र नगर प्रमुखको सासुको नियुक्तिले स्थानीय आन्दोलित
अग्निपीडितलाई गाउँपालिकाको राहत 
अग्निपीडितलाई गाउँपालिकाको राहत 
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
महबुव आलमको नेतृत्वमा सप्तरी टिमको घोषणा
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी
कालोपट्टी बाँधेर संघर्षमा उत्रिए खेलकुदका कर्मचारी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु