दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीमा विभिन्न नदी, खोला, पोखरी, खाल्डो लगायतका जलाशयमा डुबेर मृत्यु हुने घटना दिनहुँ बढ्दो छ ।
गत साता मात्रै पाँच बालबालिकासहित ६ जनाको डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यसैबीच शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल निवासी महानन्द सरदारका दुई वर्षीय छोरा रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका ५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।
यस्तै महदेवा गाउँपालिका ४ परसाहीस्थित सार्वजनिक पोखरीमा मंगलबारसमेत भाँडा धुन गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका ८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोहीदिन तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
यसअघि जिल्लामा आर्थिक बर्ष २०७६/७७ मा १५ वालबालिकासहित २७ र २०७७/७८ मा १५ बालबालिका सहित २४ जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालू आब २०७८/७९ को नौं हप्ताको अवधीमा १३ बालवालिकासहित २१ जनाको ज्यान गईसकेको प्रहरी तथ्यांकले देखाएको छ ।
पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु
सारांश
- गत साता मात्रै पाँच बालबालिकासहित ६ जनाको डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
- यसैबीच शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल निवासी महानन्द सरदारका दुई वर्षीय छोरा रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भएको छ ।
- घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया