भ्रष्टाचार नियन्त्रण र सरकार

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
भ्रष्टाचार नियन्त्रण र सरकार

सारांश

  •     राणा शासनकाल देखिनै पञ्चायती शासन र जनताको शासन प्रजातन्त्रमा पनि भ्रष्टाचारको न्यूनिकरणमा केही परिवर्तन नदेखिएको अवस्थामा राज्यको सम्पतिहरुलाई भ्रष्टाचार माध्यम निजि सम्पत्ति बनाउने तलिन रहेका भ्रष्टाचार अपराधीहरु अहिले पनि अधिकांश कानूनको परिधिबाट बाहिर देशलाई आर्थिक अवस्थामा खुक्लोपनको अवस्था बनाउन सफल भइरहेका छन् ।
  • देशमा राज्यका विभिन्न ओहोदाहरुमा आशिन रहेका जिम्मेवार व्यक्तिहरु कर्मचारीहरु, मन्त्रीहरुबाट विगतदेखि वर्तमानसम्म भइरहेका भ्रष्टाचारका अनुगमन र निरिक्षण गरी कानूनी कटघाडासम्म पु¥याउने निकायहरु समेत भ्रष्टाचारमा तलिन रहेको गर्दा भ्रष्टाचारको परिवृतिमा वृद्धि भइरहेको अनुमान भइरहेका छन् ।
  •       अहिले भर्खरै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विजय गच्छेदार र नेकपाका राजिनामा दिएका पूर्व मन्त्रिी गोकुल प्रसाद बाँस्कोटा जस्ता मन्त्रीहरु तथा देशका प्रमुख ओहोदामा आशिन रहेका सार्वजनिक पदधारण गरेका व्यक्तिहरुबाट समय समयमा भ्रष्टाचारको पोल खुल्ने गरेको यथार्थ सत्यलाई राज्य पक्षले वेवसता गरेको कारणले गर्दा भ्रष्टाचार जस्तो गम्भिर प्रवृतिका अपराध गर्ने प्रोत्साहित हुन्छ ।

अमरनाथ मण्डल
    देश, समाज, गाउँ नगरको विकाशीय गतिविधिहरु, सामाजिक गतिविधिहरु तथा अन्य विकाशीय गतिविधिहरुको संचालन र प्रगतिको लागि संचालित निकायहरुमा इमानदारताको खाँचोको सन्दर्भले नेपाल र नेपालीबीचको आर्थिक उन्नति लगायतको अन्य उन्नतिको बाधकको रुपमा भ्रष्टाचार सिद्ध भइरहेका छन् ।
    नेपालमा अमुल परिवर्तनसँगै प्रजातान्त्रिक र प्रजातन्त्रको परिवेशमा संघीयता र गणतन्त्रको स्थापनासँगै नेपाली जनताले आमुल परिवर्तनको अनुभूति सार्थक सिद्ध हुने विश्वास लिएका थिए भने निरुंकुश शासनहरुको विरुद्ध लडेका जनताहरु, जनमानसहरुको सपना, समृद्ध नेपाल, शान्त नेपाल विकाश परिवेश अगाडि बढ्ने परिकल्पनाका साथ गणतन्त्र नेपालमा नेपाली जनताले नयाँ अनुभूतिको आभासहरु संकेत पाउने आश गरेका थिए । 
    राणा शासनकाल देखिनै पञ्चायती शासन र जनताको शासन प्रजातन्त्रमा पनि भ्रष्टाचारको न्यूनिकरणमा केही परिवर्तन नदेखिएको अवस्थामा राज्यको सम्पतिहरुलाई भ्रष्टाचार माध्यम निजि सम्पत्ति बनाउने तलिन रहेका भ्रष्टाचार अपराधीहरु अहिले पनि अधिकांश कानूनको परिधिबाट बाहिर देशलाई आर्थिक अवस्थामा खुक्लोपनको अवस्था बनाउन सफल भइरहेका छन् । देशमा राज्यका विभिन्न ओहोदाहरुमा आशिन रहेका जिम्मेवार व्यक्तिहरु कर्मचारीहरु, मन्त्रीहरुबाट विगतदेखि वर्तमानसम्म भइरहेका भ्रष्टाचारका अनुगमन र निरिक्षण गरी कानूनी कटघाडासम्म पु¥याउने निकायहरु समेत भ्रष्टाचारमा तलिन रहेको गर्दा भ्रष्टाचारको परिवृतिमा वृद्धि भइरहेको अनुमान भइरहेका छन् । 
    अहिले भर्खरै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विजय गच्छेदार र नेकपाका राजिनामा दिएका पूर्व मन्त्रिी गोकुल प्रसाद बाँस्कोटा जस्ता मन्त्रीहरु तथा देशका प्रमुख ओहोदामा आशिन रहेका सार्वजनिक पदधारण गरेका व्यक्तिहरुबाट समय समयमा भ्रष्टाचारको पोल खुल्ने गरेको यथार्थ सत्यलाई राज्य पक्षले वेवसता गरेको कारणले गर्दा भ्रष्टाचार जस्तो गम्भिर प्रवृतिका अपराध गर्ने प्रोत्साहित हुन्छ ।
    साना कर्मचारीदेखि सचिव स्तरसम्म स्थानीय निकायदेखि मन्त्रालयका मन्त्रीसम्म भ्रष्टाचारको गतिविधिमा तलिनरहेको अवस्थामा कर्मचारीहरु तथा मन्त्रीहरुको भ्रष्टाचार जस्तो अपराधको छानविन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राज्य पक्षले चुस्तदुरुस्त तथा प्राविधिक दक्ष जनशक्ति र खुल्ला परिवेशको वातावरण नबनाएका कारणले गर्दा अहिले पनि कतिपय योजनाहरुमा योजना कार्यान्वयन हुनु सन्दर्भमा नै भ्रष्टाचार भइरहेको तथ्यहरु दिनप्रतिदिन सार्वजनिक भइरहेको सन्दर्भ लिएर अख्तियारमा पनि सक्रियताको खाँचो देखिएको छ। स्थानीय निकाय कर्मचारी र मन्त्री समेतले केही अवसरवादीहरुको कारणले गर्दा भ्रष्टाचार फस्टाइरहेका छन् ।
    राष्ट्रको सेवा गर्ने कर्मचारीहरु सबै एकैखालका एकै प्रवृतिका नहुनु पर्ने अवस्थाको सिर्जना भइरहेको छ भने राज्यमा इमानदार कर्मचारी तथा सरकारी ओहोदामा बसेका इमानदारी, जवाफदेहिता बोकेका मन्त्रीहरु समेत रहेको अवस्थामा सबै एकैखालको एक प्रवृतिको हुनु कुनै तथ्य पनि नरहेको देखिन्छ । तर देशको आर्थिक परिधिलाई तहसनहस पार्ने काम भ्रष्टाचारले गरिरहेको सन्दर्भमा हाम्रा छिमेकी मुलुकहरुमा भ्रष्टाचार गर्ने पूर्व राष्ट्रपति देखि पूर्व प्रधानमन्त्रीसम्मलाई कानूनी कटघारामा उभाई त्यहाँका सरकारले कठोर सजायको भागेदारी बनाएका तथ्यहरु सार्वजनिक भइरहेका छन् । विकाशीय पथको बाधकको रुपमा भ्रष्टाचार गर्ने व्यक्तिहरु तथा भ्रष्टाचार हुने निकाय देशको ठुलो शत्रुको रुपमा देखा परिरहेको अवस्थामा भ्रष्टाचार गर्ने प्रवृतिको अन्त्यको लागि राज्यको शासन प्रणालीमा शासकहरुले आफुबाटनै भ्रष्टाचारी विरुद्धको अभियानलाई सार्थक सिद्ध गर्नुपर्छ ।
    प्रजातन्त्र स्थापना पश्चात मन्त्रीस्तर तथा नेता स्तरबाट भइरहेको भ्रष्टाचारहरुलाई लुकाउने प्रवृतिको वृद्धिमा ठुलो रुपमा सार्थकता पाइरहेको सन्दर्भदेखि राज्यका जिम्मेवार राजनीतिक दल तथा सो दलका नेताहरुले निर्वाचनको बेला भ्रष्टाचारको अन्त्यको सवालहरुमा चर्को भाषण तथा नारावाजी गरी जनताको मतलाई सञ्चय गर्न सफल भइरहेको सन्दर्भले त्यही नारा गर्ने त्यही नाराको विरोधमा आफ्ना पार्टीका नेताहरुलाई सरकार तथा सरकार संचालन गर्ने मुखियाहरु भ्रष्टाचारीहरुलाई बचाउने उन्मुखमा लागि परेको सन्दर्भहरुपनि कम छैन ।
    संघीयताको परिवेशमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारका प्रमुख ओहोदामा बसेका जिम्मेवार व्यक्तिहरु राज्यबाट पाएका सुविधाको गलत व्याख्या गरी गलत बाटो अख्तियार गरी सुविधालाई गलत ढंगबाट खर्च गरी राज्यको आर्थिक स्थितिलाई ह्रास पर्ने काम गरिरहेको सन्दर्भमा अनुगमण र निरिक्षणको अभावको अनुभूतिको कारण भ्रष्टाचारीहरुको मनोवलमा ठुलो वृद्धि भइरहेको सन्दर्भले गर्दा भ्रष्टाचार फस्टाइरहेको देखिन्छ । 
    भ्रष्ट र भ्रष्टाचार गर्ने व्यक्तिलाई सजायको भागेदारी बनाउन सबै पक्षको नैतिक जिम्मेवारी रहेकोले गर्दा जनताको करबाट आएका पैसालाई भ्रष्टाचार गरी अपराध गर्नेलाई खबरदारी गर्नुपर्ने अवस्थाको सिर्जना हुन्छ । यो नैतिकता सबै नेपाली जनतामा रहनु पर्ने अवस्थामा आफ्नो विकाशको लागि आएको बजेटसँग कुनै किसिमको गलत सम्झौता नगरी आफ्नो विकाशको गतिलाई तद्रुपता दिनको लागि सबै पक्षले सक्रिय भूमिका खेल्नु पर्ने अवस्था देखिन्छ । 
    भ्रष्टाचार हुने बित्तिकै भ्रष्टाचारको आभास आएबित्तिकै भ्रष्टाचार निवारण गर्ने निकायहरुमा जानकारी दिई भ्रष्टाचारलाई निरुत्साहित पार्ने काम सबैको रहेको छ । देशमा एकमत भ्रष्टाचार गर्ने प्रमुख संस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन प्रक्रियालाई तदरुपताको साथ जनशक्ति बढाई विकाशीय निर्माण कार्यहरुलाई अनुगमण र निरिक्षण गर्नुपर्ने अवस्थाको सिर्जना हुने आवश्यक देखिन्छ । नत्र नेपालमा आर्थिक स्तरको ठुलो ह्रास हुने मनोस्थितिमा पुग्ने सम्भावना झन बढेर जाने छ । त्यसैकारण सबै मिलि भ्रष्टाचारलाई देश, समाजबाट उन्मुलन गर्नुपर्ने सबैको सहयोग अपरिहार्य देखिन्छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
जनताको दवाबपछि राति अबेरसम्म सडक मर्मत
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
नेवि संघले अस्पताल सुधारका राख्यो चार बुँदे माग
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
सात वर्षअघि छुटेका ३४ हजार भन्दा बढी बालबालिकालाई पोलियो बिरुद्धको खोप दिने तयारी
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या
अस्पतालमा सरुवा विषयको विवाद उत्कर्षमा सहज ढंगले स्वास्थ्य सेवा प्रवाहमा समस्या
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव 
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
शेर्पाको हत्याको आरोपमा तामाङ पक्राउ
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह