दैनिक समाचारदाता
जनकपुर, १ असार ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवम गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार चलचित्र तथा लोक सञ्चार प्रवर्धन वोर्डले चलचित्र तथा लोकसञ्चार प्रवर्धन वोर्डको संस्थागत विकास सम्बन्धी आयोजना गरेको संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखीले लोक सांस्कृतिक रुपमा धनी मधेश प्रदेशका लोप हुन लागेका कला संस्कृतिको सीमित स्रोतसाधनका वावजुद मधेश प्रदेश सरकारले विकासका लागि प्रतिबद्ध रहेको बताए ।
मधेशको कला संस्कृतिको विकासमा चलचित्र तथा लोक सञ्चार प्रवर्धन वोर्डले पहलकदमी लिनुपर्नेमा जोड दिनु पर्ने उनको भनाई थियो । उनले चलचित्र तथा लोक सञ्चार प्रवर्धन बोर्डमा नयाँ नेतृत्व आएपछि भएको यस प्रकारको कार्यक्रममा आएका सुझावलाई बोर्डले गम्भीरता पुर्वक लिएर अगामी दिनमा कार्ययोजना बनाउनु पर्नेमा जोड समेत दिए ।
उनले देशमा प्राप्त भएका उपलब्धी प्राप्त गर्नमा राजनीतिकर्मीको सँगसँगै पत्रकार र कलाकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जसपा नेपालका प्रदेशसभा सदस्य मनिस सुमनले हरेक मान्छेमा विलक्षण प्रतिभा हुनेगरेको भन्दै राज्यले त्यस्ता प्रतिभा भएकाहरुको खोजी गर्नुपर्ने जिकिर गरे । नेकपा (एमाले) का प्रदेशसभा सदस्य राजेन्द्र चौधरीले मौलिक परम्परामा अधारित लोक नाचहरु लोप भइरहेको बताउँदै त्यस्ता लोकनाच र लोकगितहरुको संरक्षण गरी राज्यले यसलाई रोजगारीसँग जोडनु पर्नेमा जोड दिए । चलचित्र तथा लोकसञ्चार प्रवर्धन वोर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभा सदस्यहरुले आफनो विचार राखेका थिए ।
कार्यक्रममा अध्यक्ष लेखीसहित मिथिलाका लोकप्रिय गायक ललित कामतसहितका कलाकारहरुले मौलिक गितहरु प्रस्तुत गरेका थिए ।
समाज रुपान्तरणमा कलाकारहरुको भूमिका महत्वपूर्ण ः मन्त्री लेखी
सारांश
- मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार चलचित्र तथा लोक सञ्चार प्रवर्धन वोर्डले चलचित्र तथा लोकसञ्चार प्रवर्धन वोर्डको संस्थागत विकास सम्बन्धी आयोजना गरेको संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
- गृहमन्त्री लेखीले लोक सांस्कृतिक रुपमा धनी मधेश प्रदेशका लोप हुन लागेका कला संस्कृतिको सीमित स्रोतसाधनका वावजुद मधेश प्रदेश सरकारले विकासका लागि प्रतिबद्ध रहेको बताए ।
- मधेशको कला संस्कृतिको विकासमा चलचित्र तथा लोक सञ्चार प्रवर्धन वोर्डले पहलकदमी लिनुपर्नेमा जोड दिनु पर्ने उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया