दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
राजविराज ७ हटिया बजारस्थित श्री लक्ष्मी नारायण राधाकृष्ण मन्दिरमा सोमबार राती चोरी भएको छ ।
मन्दिर परिसरमा रहेको दानपेटिका तथा इस्कान राजविराजद्वारा संचालित धार्मिक पुस्तक पसलको काउन्टरको ताला फुटाएर नगद रकम चोरले लगेका छन ।
मन्दिरका मुलपुजारी रत्नेश्वर झाका अनुसार मन्दिरमा रहेको पुस्तक काउन्टरबाट पुस्तक विक्री गरे वापतको डेढ÷दुई हजार रुपैया तथा दानपेटिकामा राखिएको सबै रकम चोरी भएको छ ।
उक्त दानपेटिका २०८१ मंसिर देखि खोलिएको थिएन । मन्दिर दर्शन र पुजाआजाका लागी पाँच महिना यता आएका भक्तजनहरुले दानपेटिकामा ठूलै रकम खसालेको अनुमान गरिएपनि यकिन रकम भन्न कठिन भएको मन्दिर व्यवस्थापन समितिका सचिव विरेन्द्र गुप्ताले बताए ।
सोमबार मध्यराती मन्दिरको अग्रभागमा रहेको भेन्टिलेशनबाट चोर भित्र पसेको र पुस्तक काउन्टर तथा दानपेटिकाको ताल्चा फुटाएर रकम चोरी गरी लगेको पाइएको छ । मंगलवार विहान मन्दिरको ढोका खोल्न आउँदा मात्र चोरी भएको थाहा पाएको मुलपुजारी झाले बताए ।
मन्दिर परिसरमा सिसी क्यामेरा जडान नभएकाले पनि चोरको पहिचान गर्न कठिन भएको मन्दिर व्यवस्थापन समितीका सचिव गुप्ताले सुनाए । राजविराजको प्राचिन मन्दिर मध्येका एक उक्त मन्दिर परिसरमा शौचालय तथा बाथरुमको सुविधा नहुदाँ रातीको समयमा पुजारीहरु पनि आ–आफनै घरमा जाने र विहानपख मात्र आउने गरेका छन । यही मौका छोपेर चोरले सम्पती चोरी गरी लगेको स्थानीयको भनाई छ ।
केही समय अघि राजविराजस्थित शनि मन्दिरमा समेत चोरले दानपेटिका फुटाएर हजारौ रकम चोरेर लगेका थिए । उक्त चोरको पत्ता नलाग्दै पुनः अर्काे मन्दिरमा त्यस्तै प्रकृतिको घट्ना भएको हो ।
राधाकृष्ण मन्दिरमा चोरी
सारांश
- मन्दिर परिसरमा रहेको दानपेटिका तथा इस्कान राजविराजद्वारा संचालित धार्मिक पुस्तक पसलको काउन्टरको ताला फुटाएर नगद रकम चोरले लगेका छन ।
- मन्दिरका मुलपुजारी रत्नेश्वर झाका अनुसार मन्दिरमा रहेको पुस्तक काउन्टरबाट पुस्तक विक्री गरे वापतको डेढ÷दुई हजार रुपैया तथा दानपेटिकामा राखिएको सबै रकम चोरी भएको छ ।
- उक्त दानपेटिका २०८१ मंसिर देखि खोलिएको थिएन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया