दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
मिटरब्याजी साहुनीले भएको एक मात्र घर जग्गा पनि खाली गर्न दबाव बढाउदै गएपछी तनावमा आएर श्रीमान्ले आत्महत्या गरेको एक एकल महिलाले गुनासो पोखेकी छिन् ।
सप्तरीको खडक नगरपालिका १० की २८ वर्षिया ललिता साहले यस्तो गुनासो पोखेकी हुन् । उनका श्रीमान् ३२ वर्षिय दिरिपलाल साह १८ दिन अघि घर मै मृत अवस्थामा भेटिएका थिए । प्रहरीले उनको करेन्ट लागेर मृत्यृु भएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको जनाउदै आएको छ । तर, परिवारजनले आत्महत्या भएको दाबी गरेको छ ।
यसै क्रममा बुधवार एकल महिला ललिताले मानव अधिकारकर्मी तथा संचारकर्मीलाई भेटेर ऋणको बोझले तनावमा परेका श्रीमान्ले आत्महत्या गरेको भन्दै घट्नाको उच्चस्तरिय छानवीन गर्न माग गरेकी छिन् ।
उनले सोही नगरपालिकाकी मिटरब्याजी साहुनी ५५ वर्षिया फुल कुमारी साहले ऋण वापत धितो राखेको जग्गा ऋण चुक्ता गरिसकेपनि फिर्ता गर्न नमान्दा तनावमा रहेका श्रीमानले आफैले करेन्ट लगाई आत्महत्या गरेको दाबी गरेकी छिन् ।
घटनाको अघिल्लो दिन मिटरब्याजी साहुनी पुृmल कुमारीका आफन्तले आफुहरु वसोवास गर्दै आएको एकमात्र फुसको संरचना भएको घर भत्काई दिएको र दुई दिन भित्र पुर्णरुपमा खाली नगरे ठेगान लगाईदिने धम्की दिएको ललिताले सुनाइन् ।
उनले जग्गा धितो राखेर लिएको ऋण ब्याजसहित चुक्ता गरिसकेपनि चर्काे ब्याज थप्दै रकम माग्ने र जग्गा फिर्ता गर्न अस्विकार गर्दै आएको साहुनी फुल कुमारीले विगत एक महिना देखि मान्छे पठाएर घर जग्गा खाली गर्न दवाव बढाउँदै लगेको सुनाईन ।
उक्त घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत उजुरी दर्ता गराएको उनले जानकारी दिएकी छिन् । सोही नगरपालिका निवासी मधेश प्रदेश सांसद माला कुमारी कर्णले धितो वापत फुल कुमारी निर राखेको जग्गा फिर्ता नपाउँदा तनावमा परेका दिरिपले आत्महत्या गरेको कुरा आफुले पनि छरछिमेकबाट थाहा पाएको भन्दै उक्त घट्नाको सत्यतथ्य छानवीन हुनु पर्ने माग गरेकी छिन् ।
ऋणको बोझले पतिले आत्महत्या गरे ः श्रीमती ललिता
सारांश
- सप्तरीको खडक नगरपालिका १० की २८ वर्षिया ललिता साहले यस्तो गुनासो पोखेकी हुन् ।
- उनका श्रीमान् ३२ वर्षिय दिरिपलाल साह १८ दिन अघि घर मै मृत अवस्थामा भेटिएका थिए ।
- प्रहरीले उनको करेन्ट लागेर मृत्यृु भएको तथा घटनाबारे थप अनुसन्धान भईरहेको जनाउदै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया