बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 

राजविराज राजविराज
|
मंगलबार, जेठ १४, २०७६
|
|
२९ पटक हेरिएको
Shares
बिपद जोखिम न्युनीकरणका लागि सामग्री हस्तान्तरण 

सारांश

  •     मंगलवार कोशी पीडित समाज सप्तरीले प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्र पौडेललाई अटोमेटिक ईलेक्ट्रिकल उड कटर सहितका तीन वटा मेसिन सामग्रीहस्तान्तरण गरिएको हो ।
  •     अक्सफाम नेपाल र कोशी पिडित समाजको संयुक्त साझेदारीमा संचालित प्रकोप जोखिम न्युनिकरण तथा मानविय सहयोग कार्यक्रम अन्तर्गत खरिद गरी सामग्री बितरण गरिएको केभिएसका निर्देशक देब नारायण यादबले बताए ।
  •     सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्राप्त सामग्रीलाई बिपद प्रति कार्यमा सुरक्षित रूपमा प्रयोग गरि आईपर्ने जोखिम न्युनिकरण गर्नका लागि यस मेसिन ठुलो सहयोग पुग्ने बताए ।

दैनिक समाचारदाता
राजबिराज, १४ जेठ । 
    जिल्ला बिपद ब्यबस्थापन समिति सप्तरीलाई बिपद प्रभावकारी प्रतिकार्यका लागि सामग्री हस्तान्तरण गरिएको छ ।
    मंगलवार कोशी पीडित समाज सप्तरीले प्रमुख जिल्ला अधिकारी तथा बिपद ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द्र पौडेललाई अटोमेटिक ईलेक्ट्रिकल उड कटर सहितका तीन वटा मेसिन सामग्रीहस्तान्तरण गरिएको हो ।
    अक्सफाम नेपाल र कोशी पिडित समाजको संयुक्त साझेदारीमा संचालित प्रकोप जोखिम न्युनिकरण तथा मानविय सहयोग कार्यक्रम अन्तर्गत खरिद गरी सामग्री बितरण गरिएको केभिएसका निर्देशक देब नारायण यादबले बताए ।
    सो अवसरमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्राप्त सामग्रीलाई बिपद प्रति कार्यमा सुरक्षित रूपमा प्रयोग गरि आईपर्ने जोखिम न्युनिकरण गर्नका लागि यस मेसिन ठुलो सहयोग पुग्ने बताए ।
    सोेही हस्तान्तरण कार्यक्रममा बिपद ब्यबस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलले खोज तथा उद्वार दलका सुरक्षा निकायहरूलाई कटर मेसिन हस्तान्तरण गरेका छन् ।
    प्रजिअ पौडेलले सप्तरी प्रहरी प्रमुख राजेन्द्र बिष्ट, नेपाली सेना भिमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुवँर, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापालाई एक एक थान चेनसाउ मेसिन कटर हस्तान्तरण गरि बिपदको समयमा कटर प्रयोग गर्न निर्देशन समेत दिए ।
    यस मेसिनले बिपदको वेला अवरोध हटाउन ठुला ठुला रूखहरू ईलेक्ट्रिकल कटरले काटेर हटाउन सकिने केभिएसका सुकदेब चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?