आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख

राजविराज राजविराज
|
शनिबार, आश्विन २७, २०८०
|
|
४४ पटक हेरिएको
Shares
आइडियलको शेयर पूजी पुग्यो ११ करोड ३० लाख

सारांश

  •     संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक दिनेश कुमार साह कसेराका अनुसार २०७९÷०८० मा कुल ८५ करोड निक्षेप र १ अर्ब २१ करोडको कारोबार गरेको संस्थाले सो अवधीमा ४ करोड ४७ लाख खुद मुनाफा गरेको छ ।
  •       ब्यवस्थापक बिनोद कुमार साफिले जिल्लाको पूर्वी भाग र पश्चिमी भागलाई समेत जोड्ने उद्देश्यले डाक्नेश्वरी नगरपालिकाको पातो र हनुमाननगर कंकालिनी नगरपालिकाको हनुमाननगरमा समेत शाखा बिस्तार गरी सेवा प्रदान गर्न थालिएको जानकारी दिँदै संस्थाले दैनिक, मासिक, बालबालिका भविष्य, ज्येष्ठ सदस्य, नारी, कर्मचारी, अवकास, रेमिट, क्रमिक र विशेष गरि १४ किसिमका बचत योजना कार्यान्वयनमा ल्याई सकेको बताए ।
  •       सहकारी विभाग, नियमनकारी निकायको नीति, निर्देशन तथा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको मापदण्ड पुरा गर्दा गत वर्ष मधेश प्रदेशकै उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित भएको संस्थाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि स्वरोजगारी, सीपमूलक, कौसी खेती, महिला उद्यमशिलता, व्यवसायिक तरकारी खेती, सहकारी शिक्षा, वित्तिय साक्षरता, संचालक क्षमता विकास लगायतका १० वटा तालिम समेत संचालन गर्ने जनाएको छ ।

    राजविराज÷आइडियल सहकारी संस्थाको शेयर पुँजी ११ करोड ३० लाख ४ सय रुँपैया पुगेको छ । सहकारीको माध्यमबाट गरिबी निवारण तथा समाज रुपान्तरण गर्ने उद्देश्यले २४ वर्ष अघि स्थापना गरि सेवा प्रारम्भ गरेको थियो । 
    ४२ जना शेयर सदस्यले प्रति व्यक्ति १० हजार रुँपैयाबाट सुरु भएको संस्थामा अहिले ७ हजार ४ सय ४२ पुरुष, ६ हजार ९ सय महिला तथा संस्थागत सदस्य ५६ गरी शेयर सदस्य संख्या १४ हजार ४ सय २५ पुगेको छ । 
    संस्थाले शनिबार २४औं वार्षिक साधारण सभा तथा २५औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गणेश आशले २०५६ साल १९ साउनमा ४२ जना सदस्यबाट १०÷१० हजारका दरले प्राप्त ४ लाख २० हजार पुँजीबाट संचालन गरिएको उक्त संस्थाको हालको शेयर पुँजी मात्र ११ करोड ३० लाख ४ सय रुँपैया पुगेको जानकारी दिए ।
    संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक दिनेश कुमार साह कसेराका अनुसार २०७९÷०८० मा कुल ८५ करोड निक्षेप र १ अर्ब २१ करोडको कारोबार गरेको संस्थाले सो अवधीमा ४ करोड ४७ लाख खुद मुनाफा गरेको छ । 
    ब्यवस्थापक बिनोद कुमार साफिले जिल्लाको पूर्वी भाग र पश्चिमी भागलाई समेत जोड्ने उद्देश्यले डाक्नेश्वरी नगरपालिकाको पातो र हनुमाननगर कंकालिनी नगरपालिकाको हनुमाननगरमा समेत शाखा बिस्तार गरी सेवा प्रदान गर्न थालिएको जानकारी दिँदै संस्थाले दैनिक, मासिक, बालबालिका भविष्य, ज्येष्ठ सदस्य, नारी, कर्मचारी, अवकास, रेमिट, क्रमिक र विशेष गरि १४ किसिमका बचत योजना कार्यान्वयनमा ल्याई सकेको बताए । 
    सहकारी विभाग, नियमनकारी निकायको नीति, निर्देशन तथा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको मापदण्ड पुरा गर्दा गत वर्ष मधेश प्रदेशकै उत्कृष्ट सहकारी पुरस्कारबाट सम्मानित भएको संस्थाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि स्वरोजगारी, सीपमूलक, कौसी खेती, महिला उद्यमशिलता, व्यवसायिक तरकारी खेती, सहकारी शिक्षा, वित्तिय साक्षरता, संचालक क्षमता विकास लगायतका १० वटा तालिम समेत संचालन गर्ने जनाएको छ । 
    संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित २४औं साधारण सभामा नेपाल पत्रकार महासंघ सप्तरीका सभापति श्रवणकुमार देव, पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, शेयर सदस्यहरु मनोहर कुमार पोखरेल, विजयकुमार दास, मालती दास, कमालउद्दिनले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?