विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन

राजविराज राजविराज
|
बिहिबार, मंसिर २०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन

सारांश

  •     अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.
  • श्रीराम तिवारी समेतलाई साथ लिई अस्पतालको वार्ड÷वार्डमा पुगेर प्रदेश सभासदस्य यादवले उपचार व्यवस्था, सरसफाई, विरामीको समस्या तथा सुधार्नु पर्ने पक्षका बारेमा जानकारी लिदै अस्पताल प्रशासनलाई आवश्यक निर्देशन समेत दिएका छन ।
  •       निरक्षणका क्रममा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले अस्पतालका विरामीहरुलाई दिनु पर्ने औषधी र उपचार, विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका बखत चिकित्सकको उपलब्धता मिलाउन लगायतका विषयमा मेसु तिवारीलाई निर्देशन दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।

    मधेश प्रदेशका पूर्व शिक्षमन्त्री महेश प्रसाद यादवले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको निरिक्षण गरी आवश्यक जानकारी समेत लिएका छन । 
    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी समेतलाई साथ लिई अस्पतालको वार्ड÷वार्डमा पुगेर प्रदेश सभासदस्य यादवले उपचार व्यवस्था, सरसफाई, विरामीको समस्या तथा सुधार्नु पर्ने पक्षका बारेमा जानकारी लिदै अस्पताल प्रशासनलाई आवश्यक निर्देशन समेत दिएका छन । 
    निरक्षणका क्रममा संचारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिदै उनले अस्पतालका विरामीहरुलाई दिनु पर्ने औषधी र उपचार, विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका बखत चिकित्सकको उपलब्धता मिलाउन लगायतका विषयमा मेसु तिवारीलाई निर्देशन दिएका थिए । 
    उनले अस्पताल आउने निम्नआय भएका सबै विरामीलाई समेत गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पु¥याउने व्यवस्था मिलाउन आफुले समेत पहल गर्ने प्रतिबद्धता जनाए । 
    जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका उनले विरामीको सेवामा समर्पित चिकित्सकहरुको भुमिका मानवीय भावनाले ओतप्रोत रहनु पर्ने भन्दै त्यसलाई गजेन्द्र नारायण सिह अस्पतालका चिकित्सकहरुले पनि प्रमाणित गरेर देखाउन आग्रह गरे । 
    सो क्रममा मेसु तिवारीले अस्पतालमा आएका विरामीहरुलाई उपलब्ध जनशक्ती तथा उपकरणको आधारमा सके सम्म गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिदै थप जनशक्ती र उपकरण उपलब्ध भएमा अझै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सक्षम हुने बताएका थिए । 
    निरिक्षण टोलीमा जनमत पार्टीका जिल्ला इन्र्चाज रामगमन साहका साथै स्थानीय नेता÷कार्यकता तथा संचारकर्मीहरुको समेत सहभागित थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?