बहुविवाहका आरोपी कारागार चलान

राजविराज राजविराज
|
आइतबार, जेठ १४, २०८०
|
|
१०२ पटक हेरिएको
Shares
बहुविवाहका आरोपी कारागार चलान

सारांश

  •     सप्तरी जिल्ला अदालतका न्यायधिश डा.
  • राजेन्द्र कुमार आचार्यको आदेशले झापाको कुमरखोद गाउँपालिका ९ पुख्र्यौली घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका ७ बस्दै आएका ३९ वर्षिय रन्जित कुमार झालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको हो ।
  •       २०६७ साल माघ ५ मा उनले रौतहटको गौर नगरपालिका १ की बन्दना कुमारी झासँग हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 

    बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक आरोपीलाई आइतबार अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ । 
    सप्तरी जिल्ला अदालतका न्यायधिश डा. राजेन्द्र कुमार आचार्यको आदेशले झापाको कुमरखोद गाउँपालिका ९ पुख्र्यौली घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका ७ बस्दै आएका ३९ वर्षिय रन्जित कुमार झालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको हो । 
    २०६७ साल माघ ५ मा उनले रौतहटको गौर नगरपालिका १ की बन्दना कुमारी झासँग हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए । दुई सन्तानका बाबु रन्जितले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ की २८ वर्षिया दुर्गा झासँग २०७९ माघ ५ मा दोश्रो विवाह गरेपछि जेठी श्रीमती ३६ वर्षिया बन्दनाले प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन् । 
    उजुरी बारे जानकारी प्राप्त भएपछि रन्जित कान्छी श्रीमती दुर्गालाई लिएर भागे । दुर्गा भने अझै फरारै रहेको र खोजिकार्य भइरहेको प्रहरीको भनाई छ । 
    विवाहित पुरुषले बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने कानुनी ब्यवस्था रहेको तथा रन्जितले कान्छी श्रीमती भित्राएपछि आफ्नो बिचल्ली भएको भन्दै बन्दना न्यायका लागि प्रहरी हुँदै अदालतको शरणमा पुगेकी थिइन् । 
    रन्जित र दुर्गा बिरुद्ध परेको बहुविवाह मुद्दामा थुनछेक बहसपछि कारागार पठाउने आदेश भएको थुनछेक बहसमा पीडित बन्दनाको तर्फबाट बहस पैरवी गरेका अधिवक्ता डोमन साहले बताए । बन्दनाको तर्फबाट साहको साथै अधिवक्ता महेन्द्र साह र जिल्ला न्ययाधिवक्ता मो. मुन्नाले पनि बहस पैरवी गरेका थिए । 
    मुद्दा दर्ता भएलगत्तै फरार रहेका रन्जितलाई दुई दिनअघि शुक्रबार प्रहरी र स्थानियवासीको मद्दतले सुनसरीको इटहरीस्थित आफ्नै घरमा लुकीबसेको अवस्थामा पक्राउ गरिएको पीडित बन्दनाका भाई बिपेन्द्र कुमार झाले बताए । मुलुकी सहितामा बहुविवाह गरेको ठहर भए एकदेखी तीन वर्षसम्म कैद हुने प्रावधान छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
महिलाको रहस्यम मृत्यु, श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला
सडक निर्माणको माग गर्दै पैदल यात्रा
सडक निर्माणको माग गर्दै पैदल यात्रा
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
विद्युत चोरी गरेको आरोपमा आधा दर्जन पक्राउ, पक्राउ पर्नेको संख्या १ सय २० पुग्यो
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
समस्या समाधानका लागी १५ दिनको  समय, नौं सदस्य समिति गठन
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
जननेता स्व.वी.पी. को सम्झनामा विभिन्न कार्यक्रम
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
“डेट एक्सपायर” भइसकेका पार्टीबाट  आशा नगरौं ः डा. सीके राउत, आफ्नो नेतृत्वको पार्टी ‘बुलेट ट्रेन’ 
राजविराजमा राजावादीको प्रर्दशन
राजविराजमा राजावादीको प्रर्दशन
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान