दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
बहुविवाह गरेको आरोपमा पक्राउ परेका एक आरोपीलाई आइतबार अदालतले पूर्पक्षका लागि कारागार चलान गरेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायधिश डा. राजेन्द्र कुमार आचार्यको आदेशले झापाको कुमरखोद गाउँपालिका ९ पुख्र्यौली घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका ७ बस्दै आएका ३९ वर्षिय रन्जित कुमार झालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको हो ।
२०६७ साल माघ ५ मा उनले रौतहटको गौर नगरपालिका १ की बन्दना कुमारी झासँग हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए । दुई सन्तानका बाबु रन्जितले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ की २८ वर्षिया दुर्गा झासँग २०७९ माघ ५ मा दोश्रो विवाह गरेपछि जेठी श्रीमती ३६ वर्षिया बन्दनाले प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन् ।
उजुरी बारे जानकारी प्राप्त भएपछि रन्जित कान्छी श्रीमती दुर्गालाई लिएर भागे । दुर्गा भने अझै फरारै रहेको र खोजिकार्य भइरहेको प्रहरीको भनाई छ ।
विवाहित पुरुषले बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने कानुनी ब्यवस्था रहेको तथा रन्जितले कान्छी श्रीमती भित्राएपछि आफ्नो बिचल्ली भएको भन्दै बन्दना न्यायका लागि प्रहरी हुँदै अदालतको शरणमा पुगेकी थिइन् ।
रन्जित र दुर्गा बिरुद्ध परेको बहुविवाह मुद्दामा थुनछेक बहसपछि कारागार पठाउने आदेश भएको थुनछेक बहसमा पीडित बन्दनाको तर्फबाट बहस पैरवी गरेका अधिवक्ता डोमन साहले बताए । बन्दनाको तर्फबाट साहको साथै अधिवक्ता महेन्द्र साह र जिल्ला न्ययाधिवक्ता मो. मुन्नाले पनि बहस पैरवी गरेका थिए ।
मुद्दा दर्ता भएलगत्तै फरार रहेका रन्जितलाई दुई दिनअघि शुक्रबार प्रहरी र स्थानियवासीको मद्दतले सुनसरीको इटहरीस्थित आफ्नै घरमा लुकीबसेको अवस्थामा पक्राउ गरिएको पीडित बन्दनाका भाई बिपेन्द्र कुमार झाले बताए । मुलुकी सहितामा बहुविवाह गरेको ठहर भए एकदेखी तीन वर्षसम्म कैद हुने प्रावधान छ ।
बहुविवाहका आरोपी कारागार चलान
सारांश
- सप्तरी जिल्ला अदालतका न्यायधिश डा.
- राजेन्द्र कुमार आचार्यको आदेशले झापाको कुमरखोद गाउँपालिका ९ पुख्र्यौली घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका ७ बस्दै आएका ३९ वर्षिय रन्जित कुमार झालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको हो ।
- २०६७ साल माघ ५ मा उनले रौतहटको गौर नगरपालिका १ की बन्दना कुमारी झासँग हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया