९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

राजविराज राजविराज
|
बुधबार, मंसिर ८, २०७८
|
|
२७ पटक हेरिएको
Shares
९० वर्षिय बृद्धको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला

सारांश

  •     सो गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको घाटी रेटेको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ ।
  •       घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
  •     घटनाको खबर पाएलगत्तै डिएसी काफ्लेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार दिउँसो एक ९० वर्षिय बृद्धाको घाटी रेटी हत्या गरिएको छ । 
    सो गाउँपालिका ६ निवासी मिश्रि भन्ने मुक्तिलाल मण्डलको घाटी रेटेको अवस्थामा मृत शरीर फेला परेको प्रहरीले जनाएको छ । 
    घरबाट करिब २ किलोमिटर टाढा रहेको झोकराहीस्थित आँप बगौचामा उनको मृत शरीर फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
    घटनाको खबर पाएलगत्तै डिएसी काफ्लेको नेतृत्वमा एक टोली घटनास्थलमा पुगि आवश्यक अनुसन्धान सुरु गरेको छ । 
    मृतकका छोरा देवनारायणले भने, “बिहान ९ बजेतिर सखडा बजारमा चिया खान जान्छु भन्दै बुबा घरबाट निस्केका थिए, बुबाको कसैसँग कुनै दुश्मनी थिएन ।” 
    यता घटनाको छानबिन र हत्यारालाई अविलम्ब पक्राउ गर्न मृतकका आफन्त र गाउँलेले माग गरेका छन् । डिएसपी काफ्लेले ९० वर्षिय बृद्धको कसले र के कारणले हत्या गरेको हो भन्ने बिषयमा सुक्ष्म अनुसन्धान भइरहेको बताए । 
सप्तरीमा ४३ जनाको हत्या
    सप्तरीमा अपराधिक घटनामा बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले दिएको तथ्याङ्क अनुसार जिल्लामा ४ वर्ष यता ३ हजार ४४ आपराधिक घटनामा भएको छ ।  
    प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७४÷७५ मा ६ सय ४६, २०७५÷७६  मा ७ सय ७४, २०७६÷७७ मा ७ सय ७६ र २०७७÷७८ मा ८ सय ४४ आपराधका घटना भएको छ ।
    यस्तै चार वर्षको अवधीमा ४३ जनाको हत्या भएको छ भने १ सय १६ ज्यान मार्ने उद्योग, गर्भपतनका ६, भवितब्य ज्यान ३ सय ४७, फुटकर ज्यान २० र ज्यान सम्बन्धि ७ वटा घटना भएका छन् । 
    यसैगरि पछिल्लो चार वर्षमा जिल्लामा ३ सय ८५ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । आ.ब. २०७४÷०७५ मा ८३ जना, ०७५÷०७६ मा ८८ जना, ०७६÷०७७ मा ९६ जना र ०७७÷०७८ मा १ सय १८ जनाले आत्महत्या गरेका २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
नेपाल बैंकमा “लकर” सेवा सुरु, रेमिट्यान्स सेवा पुनः सूचारु
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
भगवती मन्दिरलाई दान  पेटिका र डस्टबिन प्रदान  
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
घर भत्काइएको विषयमा विवाद हुँदा गर्भवती महिलासहित एकै परिवारका ६ जना घाइते
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
जिल्ला समन्वय समितिको प्रमुखमा  काँग्रेसबाट दुईसहित तीनको उम्मेदवारी, दुई गठबन्धनको प्यानलसहित मनोनयन दर्ता
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ 
मधेश प्रदेशसभा सदस्य अनिरुद्ध सिंह पक्राउ