दैनिक समाचारदाता
सिरहा, ५ पुस ।
सिरहाको गोलबजार नगरपालिका ६ डोहटियाका बासिन्दाले सोमबार पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । प्रशासनले हत्या घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध गरेका हुन् ।
छुरा प्रहार घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । सो झडपमा केही प्रहरी घाइते भएका छन् ।
आइतबार प्रशासनसँग भएको सहमति अनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेका प्रदर्शनकारीहरुले बताएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका छन् ।
आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी समेत गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए ।
अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग छ ।
शनिबार साँझ गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझ्न मानेका छैन ।
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
सारांश
- छुरा प्रहार घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् ।
- सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।
- सो झडपमा केही प्रहरी घाइते भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया