एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 

राजविराज राजविराज
|
बिहिबार, आषाढ १९, २०८२
|
|
१९ पटक हेरिएको
Shares
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 

सारांश

  •     नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुबाट एसइईमा ’ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।
  •     सुरुङ्गामा सर्वाधिक ४ जिपिए ल्याउने जनता मावि शिशुवारीका छात्रा कृतिका थापा मगरलाई एक लाख रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको छ ।
  •     यस्तै सोही विद्यालयका प्रतिमा मगर ३ दशमलव ८३, अपन कार्की ३ दशमलव ८२, उदितनारायण महतो ३ दशमलव ७२, जनता मावि कुशहाका चिरञ्जिवी चौधरी ३ दशमलव ७९, मावि टिकुलियाका मिथिलेश कुमार यादव ३ दशमलव ७०, मावि भेडियाका कृपा राउत ३ दश्मलव ७० जिपिए ल्याएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।    

    सप्तरीको सुरुङ्गा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइईमा) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।
    नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुबाट एसइईमा ’ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।
    सुरुङ्गामा सर्वाधिक ४ जिपिए ल्याउने जनता मावि शिशुवारीका छात्रा कृतिका थापा मगरलाई एक लाख रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको छ ।
    यस्तै सोही विद्यालयका प्रतिमा मगर ३ दशमलव ८३, अपन कार्की ३ दशमलव ८२, उदितनारायण महतो ३ दशमलव ७२, जनता मावि कुशहाका चिरञ्जिवी चौधरी ३ दशमलव ७९, मावि टिकुलियाका मिथिलेश कुमार यादव ३ दशमलव ७०, मावि भेडियाका कृपा राउत ३ दश्मलव ७० जिपिए ल्याएका छन् । 
    उनीहरुलाई प्रोत्साहन स्वरुप जनही १५ हजार रुपैयाँको दरले पुरस्कार सहित सम्मान गरिएको नगर प्रमुख गीता चौधरीले जानकारी दिइन् । 
    सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रोत्साहन गर्न नगरपालिकाले बुधवार कार्यक्रमको आयोजना गरी बालबालिका संरक्षण तथा शैक्षिक कार्यक्रम अन्तर्गत माध्यमिक शिक्षा परीक्षा एसइईमा २०८१ मा सर्वोत्तम उपलब्धि स्तर प्राप्त गरेका विद्यार्थीहरुलाई पुरस्कार तथा अभिभावकलाई सम्मान गरिएको नगर प्रमुख चौधरीले जानकारी दिइन् ।
    सुरुङ्गा नगरपालिकाबाट ५ सय ७८ जना एसइई परीक्षामा सहभागी भएका थिए । त्यस मध्ये २ सय ५२ जना ग्रेडिङ्गमा उत्तीर्ण भएको छ । एसइईमा ४५ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको नगरपालिकाले जनाएको छ ।
    सप्तरीबाट ३५ दशमलव ३९ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङमा परेका छन् । वि.सं. २०८१ चैतमा लिइएको एसइईमा परीक्षामा जिल्लाबाट ९२ सामुदायिक विद्यालय ५२ संस्थागत विद्यालय गरी एक सय ४४ विद्यालयका ८ हजार चार सय ४४ जना सहभागी भएका थिए । त्यसमध्ये २ हजार आठ सय ६९ विद्यार्थी विभिन्न ग्रेड ल्याएर उत्तीर्ण भएका छन् भने ५ हजार दुई सय ३८ जना विद्यार्थी कुनै पनि ग्रेड ल्याउन सकेनन् ।
    जिल्लाबाट ३ दशमलव ६० देखि ४ जिपिए २७४ जना, ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए ७ सय ६९ जना, २ दशमलव ८० देखि ३ दशमलव ८० जिपिए १ हजार १ सय ५७ जना, २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए ६ सय ४३ जना र २ देखि २ दशमलव ४० देखि ४ जिपिए २६ जनाले प्राप्त गरेको शिक्षा विकास तथा समन्वय एकाइ सप्तरीका प्रमुख शशी यादवले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
बिपद्को जोखिमलाई नक्साङ्कन,  पहिचान गरी प्रतिकार्य गर्नुपर्नेमा जोड
सय कार्टुन बढी मदिरा बरामद
सय कार्टुन बढी मदिरा बरामद
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
उद्योग व्यवसाय धरासायी भयो ः उद्योगि व्यवसायी
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
आईसिटी अवार्ड २०१९ मा सप्तरीका ईन्जिनियर पर्न सफल
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
मजदुर संघ सप्तरीद्वारा मागहरु सुनुवाई नभएको भन्दै संघर्षका कार्यक्रम घोषणा
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
शिक्षक तथा विद्यालय कर्मचारीहरुले तलब माग्दै गरे तालाबन्दी
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मिटरब्याजी पीडितद्वारा अदालत बाहिर प्रदर्शन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
मधेस कृषि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदबाट निलम्बन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन