दैनिक समाचारदाता
राजविराज, ७ असार ।
राजविराजस्थित राजदेवी माविमा रहेको क्वारेन्टाइन केन्द्रमा आइतबार साँझ प्रहरीले हस्तक्षेप गर्दै त्यहा रहेका व्यक्तिहरुलाई कुटपिट गरेका छन् ।
सोको बिरोधमा क्वारेन्टाइनमा रहेका सबैजना आइतबार साँझ भोकहड्तालमा बसेको सोही क्वारेन्टाइनमा रहेका राजविराज १० निवासी शिवन कुमार यादवले जानकारी दिएका छन् ।
सो क्वारेन्टाइन केन्द्रमा रहेका ६० जना मध्ये २५ जनाको स्वाब संकलन गरिएको ६ दिन बितिसक्दा समेत त्यसको रिपोर्ट किन नआएको भन्ने बारे स्वास्थ्यकर्मीहरुसँग प्रश्न गर्दा प्रहरी बोलाएर कुटपिट गरिएको उनको गुनासो छ ।
यता यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले यस सम्बन्धमा आफू कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
स्वाब संकलन गरिए पनि यसको रिपोर्ट आउन कीन ढिलाई भएको भन्ने बारेमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले केही प्राविधिक कारणले ढिलाई भएको र स्वाब संकलन निकै मात्रामा भएकोले अबको दुई तिन दिन भित्रै रिपोर्ट आउने बताए ।
राजदेवी क्वारेन्टाइन केन्द्रमा प्रहरीको हस्तक्षेप
सारांश
- सोको बिरोधमा क्वारेन्टाइनमा रहेका सबैजना आइतबार साँझ भोकहड्तालमा बसेको सोही क्वारेन्टाइनमा रहेका राजविराज १० निवासी शिवन कुमार यादवले जानकारी दिएका छन् ।
- सो क्वारेन्टाइन केन्द्रमा रहेका ६० जना मध्ये २५ जनाको स्वाब संकलन गरिएको ६ दिन बितिसक्दा समेत त्यसको रिपोर्ट किन नआएको भन्ने बारे स्वास्थ्यकर्मीहरुसँग प्रश्न गर्दा प्रहरी बोलाएर कुटपिट गरिएको उनको गुनासो छ ।
- यता यस सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले यस सम्बन्धमा आफू कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया