वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह

राजविराज राजविराज
|
बिहिबार, पौष २२, २०७८
|
|
४३ पटक हेरिएको
Shares
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह

सारांश

  •     उनी वेपत्ता भएकै दिन साँझ श्रीमती बिमलाले पतिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिँदा आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।
  •     परिवारजनले राती अबेरसम्म उनी फर्केर नआउदा आफ्नो स्तरबाट पनि खोजतलास सुरु गरे पनि अहिलसम्म उनको अतोपत्तो नलागेको श्रीमती बिमलाले सुनाइन् ।
  •       वडा सदस्य गंगासागर गुप्ताले निजको केही दिनयता मानसिक अवस्था ठिक नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताउँदै यतिका दिन बितिसक्दा पनि उनको अवस्था पत्ता नलाग्नु चिन्ताको विषय भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    राजविराज नगरपालिका वडा नं. ५ का ६५ वर्षिय शम्भुप्रसाद उपाध्याय पुस १७ गते शनिबार बिहान ७ बजेतिर वेपत्ता भएका छन् । 
    उनी वेपत्ता भएकै दिन साँझ श्रीमती बिमलाले पतिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिँदा आजसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन् ।
    परिवारजनले राती अबेरसम्म उनी फर्केर नआउदा आफ्नो स्तरबाट पनि खोजतलास सुरु गरे पनि अहिलसम्म उनको अतोपत्तो नलागेको श्रीमती बिमलाले सुनाइन् । 
    वडा सदस्य गंगासागर गुप्ताले निजको केही दिनयता मानसिक अवस्था ठिक नरहेको जानकारी आफूहरुलाई प्राप्त भएको बताउँदै यतिका दिन बितिसक्दा पनि उनको अवस्था पत्ता नलाग्नु चिन्ताको विषय भएको बताए ।
    पतिको अवस्था पत्ता लगाउने कार्यमा सहयोग गरिदिन संचारकर्मी र अधिकारकर्मीलाई पत्नी बिमलाले आग्रह गरेकी छिन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले उपाध्यायको अवस्था पत्ता लगाउन कुनै कसर बाँकी नराखेको र मातहतका सबै प्रहरी कार्यालयमा निजको हुलिया विवरण पठाई खोजतलास तिब्र बनाएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
यूवा बिद्यार्थीको भुमिका तथा कलेज स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न
समितिको पहिलो बैठक सम्पन्न 
समितिको पहिलो बैठक सम्पन्न 
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
समाजवादी र प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया सम्पन्न
गरिब, असहाय लगायतका लागि संचालित कार्यक्रमबाट २ सय ३५ जना लाभान्वित
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
वर्षा नभएपनि सप्तरीमा ७५ प्रतिशत धान रोपाई
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक
भारत्तोलनका खेलाडीहरुको विदाई
भारत्तोलनका खेलाडीहरुको विदाई