उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०८२
|
|
४४ पटक हेरिएको
Shares
उज्जेवकिस्तानकी दुई महिलासहित तीन जना प्रहरी नियन्त्रणमा 

सारांश

  •     उज्जेवकिस्तानकी ३९ वर्षिया शेशिस्ताअकवारोवा र ३८ वर्षिया फेरुजा याख्सीमुरा तोवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
  •       ती महिलाहरुलाई विआर०७ए.
  • वाई१८७६ भारतीय नं.

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।

    भारततर्फ जान लागेकी दुई विदेशी महिलासहित तीन जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । 
    उज्जेवकिस्तानकी ३९ वर्षिया शेशिस्ताअकवारोवा र ३८ वर्षिया फेरुजा याख्सीमुरा तोवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
    ती महिलाहरुलाई विआर०७ए.वाई१८७६ भारतीय नं. को मोटरसाईकलमा राखी भारतको लौकहा बाजारतर्फ लैजाने प्रयास गरेका भारतीय नागरिक २० वर्षिय नितिश कुमार बिन्दालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 
    तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    विन्दा भारतको विहार राज्य मधुवनी जिल्ला लालमनियाडुमरवाना ग्राम पञ्चायत निवासी रहेको खुलेको छ । उनले ती महिलाहरुलाई आफुले नचिनेको र रातीको समयमा एकान्त स्थलमा अलपत्र देखेपछि उनीहरुकै अनुरोधमा सुरक्षाका लागी लौकहा बाजारसम्म पु¥याई दिन लिफ्ट दिइ सहयोग गर्न खोजको बताएका छन । 
    भारतीय सीमासंग नजिक पर्ने सप्तरीको वलान विहुल गाउँपालिका ४ स्थित चन्ही–वेल्ही सडक खण्डमा शनिवार राती ८ बजेतीर चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए । 
    प्रहरी नियन्त्रणमा रहेकी दुबै विदेशी महिलाहरुले आपुृmहरु घुम्ने उद्देश्यले नेपाल आएको र घुम्नै क्रममा आफुहरु बाटो विराएर यता आईपुगेको बयान दिएकी छिन । उनीहरुले आफुहरुसंग पासपोर्ट भएको तर काठमाण्डौमा भाडामा वसेको लजमै छुटेकोे बताएकी छिन । आफुहरु अलपत्र परेको बेला भेटेको विन्दाले लिफ्ट दिएको उनीहरुले प्रहरी समक्ष बताएकी छिन । 
    प्रहरी नायब उपरिक्षक वस्नेतले महिलाहरुको बयानका आधारमा काठमाडौमा वस्ने लज (होटल) बाट उनीहरुको पासपोर्ट झिकाउने काम तथा समग्र घटनाक्रमबारे सुक्ष्म अनुसन्धान भईरहेको बताएका छन ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
योग्य खेलाडी उत्पादन तथा प्रदेशलाई माथि उठाउन विभिन्न योजना अघि बढेको छ ः मन्त्रि यादव
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
संविधान संशोधन गरी अघि  बढ्नु पर्छ : अध्यक्ष ठाकुर 
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
पशुचौपायामा लाग्ने रोग विरुद्ध खोप अभियान सुरु
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
शिवथानवासी हातमा चप्पल र काँधमा साइकल बोकेर आवतजावत गर्न बाध्य
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
सुशासन तथा जनमैत्री प्रशासनका लागि सूचनाको हक महत्वपूर्ण
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
कल्याणपुरमा कन्ट्याक्टलेस हेन्डबाँस जडान
एक सय ३८ असहायलाई कम्बल
एक सय ३८ असहायलाई कम्बल
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए
राजविराज नगरपालिकाले एकै पटक ६९ कर्मचारी हटाए