दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जाँदा अहिले पार्टी प्रवेशदेखी छोड्ने क्रम तिब्र बनेको छ ।
यो क्रम अधिकांश रुपमा मधेश केन्द्रित दलहरुमै रहेको छ । केही दिन अघि मात्र विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए । सोमबार भने राजविराज नगरपालिका ११ बाट जनता समाजवादी पार्टीका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा सोही वडाका जसपाका शिब कुमार मण्डल, शैलेन्द्र यादव, शिबनारायण यादव, कुशेश्वर यादव, जयकृष्ण यादव, राम लखन यादवसहितका नेता तथा कार्यकर्ता छन् ।
उनीहरूलाई जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा २ को (२) बाट प्रदेश सभा सदस्यका उम्मेदबार महेश प्रसाद यादवले टीका लगाएर पार्टी प्रवेश गराएका छन् । मधेस तथा विभिन्न आन्दोलनमा भूमिका खेलेका ती युवा नेताहरु विगत लामो सयमदेखि जसपाका नेतृत्वरूसँग असन्तुष्ट रहेकाले चुनावको मुखमा जनमत पार्टी प्रवेश गरेको बताएका छन् ।
जसपाका नेता, कार्यकर्ता जनमतमा प्रवेश
सारांश
- यो क्रम अधिकांश रुपमा मधेश केन्द्रित दलहरुमै रहेको छ ।
- केही दिन अघि मात्र विभिन्न पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए ।
- सोमबार भने राजविराज नगरपालिका ११ बाट जनता समाजवादी पार्टीका एक दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया