दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।
राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर एक युवकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षिय बौवा भन्ने गजेन्द्र दास छन ।
विहान ७ बजे तिर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
दुई पल्ट माछा मारेर बाहिर निस्केका उनी तेश्रो पटक पुनः माछा मार्न पोखरीमा डुबेका थिए । तेश्रो पटक माछा मार्ने क्रममा अचानक उनी डुबेको स्थानीयवासी संतोष थापाले बताए ।
पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो ।
करिब चार घण्टाको प्रयासपछि उनको मृत शरिर सेनाले फेला पारेको छ । मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह पठाई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
चार दिन अघि फागुन २२ गते राजविराज कै वडा नं. ७ स्थित तुरन्ती पोखरीमा १८ वर्षिय अंगद कुमार मेहतरको पनि डुबेर मृत्यु भएको थियो ।
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
सारांश
- विहान ७ बजे तिर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
- दुई पल्ट माछा मारेर बाहिर निस्केका उनी तेश्रो पटक पुनः माछा मार्न पोखरीमा डुबेका थिए ।
- तेश्रो पटक माछा मार्ने क्रममा अचानक उनी डुबेको स्थानीयवासी संतोष थापाले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया