दैनिक समाचारदााता
राजविराज, १४ भदौ ।
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको छ ।
ए.ई.आई.एन लक्जेम्वर्गको आर्थिक साझेदारी तथा ग्रामीण मुखी युवा अभियान नेपालद्धारा संचालित सक्षम सप्तरी परियोजना अन्र्तगत राजविराजमा सो अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको हो ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा संचालन गरेको अभिमुखीकरण र कार्यशाला गोष्ठीमा स्थानीय तहका विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई दुई दिने तालिम गरी उनीहरुको स्थानिय अनुकुल कार्ययोजना तयारी सम्बन्धि क्षमता अभिबृद्धि गर्ने, नेपाल सरकारको राष्ट्रिय अनुकुल ओजना तथा स्थानिय अनुकुलन कार्ययोजनाको ढाँचाको बारेमा जानकारी दिने, गाउँपालिकाको स्थानिय अनुकुलन कार्ययोजना तर्जुमा गर्नको लागि चाहिने स्थानिय र सन्र्दभ–विशिष्ट जानकारीहरु संकलनका लागि आवश्यकता विधि, सामाग्री तथा प्रकृयाको बारेमा जानकारी दिने र तालिमका सहभागीहरुलाई स्थानिय अनुकुलन कार्ययोजना तयारीको लागि मार्गदर्शन र सहयोग गर्ने जस्ता उदेश्यसहित तालिम दिइरहेको छ ।
तलाठी कोइलाडी गाउँपालिकामा ३० बर्ष पहिला भएको बाढी, पहिरो, हावाहुरी, बर्षा, तापक्रम फेरबदल र अहिलेको अवस्था बिश्लेषण र तथ्याङक संकलन गरेर सो तथ्याङकको आधारमा निर्माण गरि पालिकाको सवै वडाले तयार गरि अधियन गर्ने रोयम नेपालका जिल्ला संयोजक ओमप्रकाश चौधरीले जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. १ देखि ८ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न बिषयगत प्रमुख तथा कर्मचारी र ८ वटै वडाबाट एक÷एक जना समाजसेवी स्थानिय जानकार ब्यक्तिहरुसहित ३१ जनाको सहभागिता रहेको छ ।
उक्त अभिमुखीकरण र कार्यशाला गोष्ठीको सहजिकरण भने डा. सुनित अधिकारी र मेरिना सापकोटोले गरिरहेका छन् ।
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण
सारांश
- ए.
- ई.
- आई.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया