दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
राजबिराजमा संचालित अन्तरबिद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको अन्तिम खेलमा शिब्स र ग्लोवल स्कुल बिजयी भएका छन ।
मंगलवार सम्पन्न पहिलो खेलमा सृजना बोर्डिङ स्कुलले टस जितेर निर्धारित १७ ओभरको खेलमा १२ ओभरमा १० बिकेट गुमाई ५० रनको छिनो लक्ष्य खडा गरेको थियो । जसमा मोहम्मद आजाद १५ रन बाहेक अरू कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
यता बलिंङ तर्फ गोपाल मण्डल ३ विशाल यादब ३, निरज यादब र अजय यादबले १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा शिब्सले ४.१ ओभरका १ बिकेट गुमाई बिजय हासिल पारेको थियो । जसमा शिब्सका मिनिष यादबले २१ रन अविजित र भोला साहले अविजित १५ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच शिब्सका गोपाल मण्डल घोषित भए ।
यसैगरी मंगलबारै सम्पन्न दोस्रो खेलमा टस जितेर ग्लोवलले निर्धारित २० ओभरमा ९ बिकेट गुमाएर १ सय ३२ रनको योगफल खडा गरेको थियो । जसमा आकाश पटेल ३० रन, सुमन यादब २१ र रोशन यादबले १७ रन जोडेका थिए ।
बलिंङतर्फ नोवेल एकेडमीका नरेश यादब २, रंजित यादब, कमलेश यादब, रोशन यादब, बिक्रम यादबले १÷१ बिकेट हात पारेका थिए ।
प्रतिउत्ररमा नोवेलले २० ओभरमा आप्mनो ९ बिकेट गुमाई १ सय १७ रन मात्र बनाउन सकेको थियो । सो खेलको म्यान अफ द म्याच आकाश पटेल घोषित भए ।
यता नकआउट चरणको खेलबाट प्रतियोगिता भरीमा ८ वटा विद्यालय क्वाटर फाईनलमा प्रवेश गरेका छन ।
बुधबारको पहिलो खेल मोडेल बोर्डिङ र के.अ.मा.वि तथा दोस्रो खेल लिटिल ऐन्जल बोर्डिङ र दुर्गा बोर्डिङबीच हुने आयोजकले जनाएको छ ।
अन्तरबिद्यालय क्रिकेटमा शिब्स र ग्लोवल बिजयी, आठ विद्यालय क्वाटर फाईनलमा प्रवेश
सारांश
- मंगलवार सम्पन्न पहिलो खेलमा सृजना बोर्डिङ स्कुलले टस जितेर निर्धारित १७ ओभरको खेलमा १२ ओभरमा १० बिकेट गुमाई ५० रनको छिनो लक्ष्य खडा गरेको थियो ।
- जसमा मोहम्मद आजाद १५ रन बाहेक अरू कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
- यता बलिंङ तर्फ गोपाल मण्डल ३ विशाल यादब ३, निरज यादब र अजय यादबले १÷१ बिकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया