डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०७७
|
|
१८ पटक हेरिएको
Shares
डेढ वर्षअघि वेपत्ता भएकी  महिलाको कंकाल फेला

सारांश

  •     बुधबार दिउँसो १ बजेतिर पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।
  •     घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 
    डेढ वर्षअघि हराएकी एक महिलाको बुधबार कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल फेला परेको हो । 
    बुधबार दिउँसो १ बजेतिर पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।
    घरदेखी तीन सय मिटर टाढा रहेको सार्वजनिक ठाडी पोखरी जिर्णोद्वारमा खटिएका मजदुरहरुले उनको शव सडेगलेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।  
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले कंकालमा भेटिएको लुगा र दातको आधारमा उनको आफन्तले सनाखत गरेपछि हराएकी महिला पण्डितको नै शव भएको पुष्टि भएको बताए । 
    उनका पति धनई तथा छोरा बुहारीले सनाखत गरेपछि सदगतका लागि जिम्मा लगाई यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएकी पण्डित २०७६ साल साउन ३० गते देखी नै वेपत्ता भएकी थिइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दृष्टिविहिन भोल्वी विचल्लीमा
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
मिथिला कपको उद्घाटन खेलमा सुनसरी बिजयी
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
बहुक्षेत्रिय पोषण सम्बन्धी अभिमुखिकरण सम्पन्न 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
स्थानीय तहको निर्वाचन  सम्बन्धि कार्यतालिका सार्वजनिक 
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
भगवान रामको प्राण प्रतिष्ठाका दिन उत्सव मनाउन सप्तरीको ८ पालिकामा सार्वजनिक बिदा
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
समन्वय समितीको निर्वाचनका  लागि दलहरुबीच छलफल जारि
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने