विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 

राजविराज राजविराज
|
बुधबार, जेठ १७, २०८०
|
|
५० पटक हेरिएको
Shares
विपदबाट हुने जोखिम न्यूनिकरणका लागि उद्धार अभ्यास 

सारांश

  •     सशस्त्र प्रहरी र नगरपालिकाबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उद्देश्यका साथ बुधबार वडा नं.
  • ५ मा रहेको पोखरीको डिलमा तथा पानीमा अभ्यास गरिएको हो ।
  •     डाक्नेश्वरी नगरपालिकाको आयोजनामा आयोजित उद्धार अभ्यासमा सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भुकम्प, बाढी पहिरोबाट हुने जनचेतना अभ्यास गरेको थियो ।

दैनिक समाचारदाता
राजबिराज, १७ जेठ । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विपद व्यवस्थापनमार्फत जोखिम न्यूनिकरण गरी धनजनको क्षतिबाट बचाउन उद्धार अभ्यास सम्पन्न गरिएको छ ।
    सशस्त्र प्रहरी र नगरपालिकाबीच समन्वय, संवाद र उद्धारमा कुनै पनि प्रकारको दुविधा नहोस् भन्ने उद्देश्यका साथ बुधबार वडा नं. ५ मा रहेको पोखरीको डिलमा तथा पानीमा अभ्यास गरिएको हो ।
    डाक्नेश्वरी नगरपालिकाको आयोजनामा आयोजित उद्धार अभ्यासमा सशस्त्र प्रहरीको उद्धार टोलीले आगलागी, भुकम्प, बाढी पहिरोबाट हुने जनचेतना अभ्यास गरेको थियो ।  टोलीले परिमार्जित उद्धार तरिकाको प्रयोग र प्रदर्शन, स्वीफ्ट वाटर रेस्क्यु, राफ्ट उद्धार, रबर बोटको फ्लिप रिफ्लिप प्रदर्शन, डोरीबाट उद्धार, बाढीबाट प्रभावित समूदायका पीडितको उद्धार कार्यको प्रदर्शन तथा अभ्यास समेत गरिएको थियो ।
    कार्यक्रम पश्चात् नगरपालिका प्रमुख रामलखन मलाहले सिमित श्रोत र साधनका वावजुद  सशस्त्र  प्रहरीले उद्धार कार्यमा उच्च निपुर्णता देखाएको र विपद व्यवस्थापनको लागि चाहिने आवश्यक सहयोग गर्न नगरपालिका तत्पर रहेको बताए ।
    सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण श्रेष्ठले आगलागी, भुकम्प, डुबान, कटान र नदीमा डुबेको व्यक्तिलाई आफुसँग उपलब्ध साधन श्रोत र उद्धार सामग्रीको प्रयोग गरेर नजिकको सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउने जस्ता अभ्यास गरिएको जानकारी दिए ।
    अभ्यास कार्यक्रममा संबिधानसभा सदस्य ताराकान्त चौधरी, डक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिनय कुमार सोनु, सशस्त्र प्रहरी तथा नगरपालिकाका अधिकारीहरु लगायत संचारकर्मीहरु र स्थानीयवासीहरुले अभ्यासको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि विश्वविद्यालयमा तालाबन्दी
कृषि विश्वविद्यालयमा तालाबन्दी
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
सप्तरीमा निषेधाज्ञा १३ दिनका लागि बिस्तार
राजपा निकट विद्यार्थी संघद्वारा सुनिता साहको रिहाईको माग
अस्पतालका मेसु डा. दासको बिदाई 
अस्पतालका मेसु डा. दासको बिदाई 
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
“राईट फर राईट” अभियान सप्तरीमा हस्ताक्षर अभियान सम्पन्न
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा
रोक्का भएको जग्गाको नक्कली लालपूर्जा बनाई  बैंकबाट २ करोड ३० लाख ऋण निकासा