तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 

राजविराज राजविराज
|
शुक्रबार, आषाढ १०, २०७९
|
|
२२ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीले विपन्न  नागरिक उपचार कोष स्थापना गर्ने 

सारांश

  •     उक्त बजेट, नीति तथा कार्यक्रम मार्फत विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ ।
  •       गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन सभामा सय बर्षिय जेष्ठ नागरिक पुहुपलाल खंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
  •     तिलाठी कोइलाडी गाउँपालिकाको आ.

दैनिक समाचारदाता
राजविराज, १० असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९÷०८० को बजेट, नीति तथा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । 
    उक्त बजेट, नीति तथा कार्यक्रम मार्फत विपन्न नागरिकको स्वास्थ्य सेवामा सरल पहुँच स्थापित गर्नका लागि विपन्न नागरिक उपचार कोष स्थापना गर्ने भएको छ । 
    गाउँपालिकाको छैठौं गाउँ सभाको उद्घाटन सभामा सय बर्षिय जेष्ठ नागरिक पुहुपलाल खंगको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
    तिलाठी कोइलाडी गाउँपालिकाको आ.व.०७९÷०८० को कुल बजेट ४४ करोड ८२ लाख २० हजार ४०० रुपैयाँ रहेको छ । कुल बजेटको चालु तर्फ २५ करोड ८५ लाख ११ हजार ६ सय ५० रुपैयाँ र पूँजिगत तर्फ १८ करोड ९७ लाख ८ हजार ७ सय ५० रुपैयाँ रहेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ६० लाख रुपैयाँ प्रस्ताव गरिएको गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बताए ।
    कूल बजेटमा संघबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १२ करोड ८२ लाख र सशर्त अनुदानतर्फ १७ करोड ७२ लाख, राजस्व बाँडफाँडबाट ८ करोड २३ लाख ३७ हजार रुपैयाँ, समपुरक अनुदान १ करोड रुपैयाँ रहेको छ । यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ९१ लाख ३८ हजार, राजस्व बाँडफाँडबाट ३७ लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख प्राप्त हुनेछ । यसैगरी युनिसेफबाट शर्त सहित विभिन्न बिषयगत क्षेत्रको लागि २ करोड ६६ लाख ४५ हजार ४ सय रुपैयाँ प्राप्त हुने जनाइएको छ । 
    आर्थिक, सामाजिक, कृषि र पूर्वाधार ः सुशासन र ब्यवहार परिवर्तन विकासको मूल आधारनारालाई आत्मसात गर्दै आ. ब. २०७९÷०८० मा कृषि, शिक्षा, स्वास्थ्य तथा विपद् ब्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । 
    खेतीको लागि कृषि मिटर जडान गरेका कृषकहरुलाई बर्षभरिमा लाग्ने महसुलमध्ये बढीमा १ हजार एक सय रुपैयासम्म गाउँपालिकाले अनुदान दिने प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झाले जानकारी दिए ।
    विभिन्न विकास साझेदार संस्थाहरुसँगको सहकार्यमा समुदायको सहभागितामा विपन्न वस्तीहरुका शौचालय नभएका घरहरुमा हातधुने सुविधा सहितको शौचालय निर्माण अभियान सञ्चालन गरिने, पालिकामा रहेका सबै कार्यालयहरु, शिक्षण संस्थाहरु र स्वास्थ्य संस्थाहरुमा निर्धारित मापदण्ड अनुसार खानेपानी, सरसफाइ र स्वच्छताको सुनिश्चित गरिनुका साथै खानेपानी र सरसफाइ अन्तर्गत निर्माण हुने सबै प्रकारका संरचनाहरु बाल, लैगिंक, अपागं र वाताबरणमैत्री हुने सुनिश्चित गरिने गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।
    क्रिकेट खेलको विकासका लागि प्रशिक्षण शिविर सञ्चालन तथा तिलाठी कोइलाडी गाउँपालिका टी २० क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएको छ । यसैगरी क्रिकेट खेलमा महिलाको सहभागिता बढाउन प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम अधिकृत झाले बताए ।
    यसैगरी आर्थिक बर्ष २०७९÷०८० मा ५ वटा विद्यालयमा चट्याङ प्रतिरोधी प्रणाली जडान गरिने तथामौसम पूर्वसूचना केन्द्र स्थापना गरिने छ ।
    कर्मचारीहरुको पेशागत सुरक्षाका लागि कर्मचारी कल्याण कोषमा दश लाख रुपैयाँ थप गरिने भएको छ । छैठौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । 
    गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश कुमार मुखिया, ललनप्रसाद राउत, सत्यनारायण यादव, सदस्यहरु चन्दन कुमार झा, रफिद मन्सुरी सहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
विधि प्रक्रिया तथा प्राथमिकताको आधारमा जनताको आकांक्षा र आवश्यकता पुरा गर्ने ः सभामुख मण्डल
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय
राजविराज नगरपालिकाद्वारा कृषि विश्वविद्यालयका लागि जग्गा दिने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
जिल्ला प्रशासनमा उजुरी परेपछि एजेन्टद्वारा रकम फिर्ता
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
भारत सरकारको सहयोगमा सुरुङ्गामा  सुविधा सम्पन्न विद्यालय निर्माण
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
क्यान्सरका कारण थलिए शिवा, राज्यले वास्ता गरेन 
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत  अनिश्चितकालका लागि बन्द
सेवाग्राहीले हो–हल्ला गरेपछि मालपोत  अनिश्चितकालका लागि बन्द
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
सवारी दुर्घटनामा ६ जना घाइते
सवारी दुर्घटनामा ६ जना घाइते