दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपिरिटेन्डेन्ट डा. चुमनलाल दासलाई आईतबार एक कार्यक्रम विच बिदाई गरिएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगर सरुवा भएको हो ।
दुई वर्षे कार्यकालमा अस्तव्यस्त र रेफरल सेन्टरको रुपमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई व्यवस्थित र सेवा सुधारमा उल्लेख्निय योगदान गरेको भन्दै विदाई कार्यक्रमका सहभागीले आगामी कार्यकालका लागि सफलताको शुभकामना दिए ।
सो अवसरमा डा. दासले सप्तरीबाटै पेशाको सुरुवात गरेको स्मरण सुनाउँदै २ वर्षको अवधिमा सवै क्षेत्रबाट पाएको सहयोग र सद्भाव आप्mनो लागि अविश्मरणिय रहने बताए ।
विदाई कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ट पत्रकार शिवहरि भट्टराई लगायतले आगामी कार्यकाल सफलताका लागि शुभकामना दिए ।
डा. दासको सरुवा भएपछि उनको स्थानमा सोही अस्पतालका बरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. रंजित झालाई उक्त जिम्मेवारी दिईने भएको अस्पताल श्रोतले जनाएको छ ।
अस्पतालका मेसु डा. दासको बिदाई
सारांश
- दुई वर्षे कार्यकालमा अस्तव्यस्त र रेफरल सेन्टरको रुपमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई व्यवस्थित र सेवा सुधारमा उल्लेख्निय योगदान गरेको भन्दै विदाई कार्यक्रमका सहभागीले आगामी कार्यकालका लागि सफलताको शुभकामना दिए ।
- सो अवसरमा डा.
- दासले सप्तरीबाटै पेशाको सुरुवात गरेको स्मरण सुनाउँदै २ वर्षको अवधिमा सवै क्षेत्रबाट पाएको सहयोग र सद्भाव आप्mनो लागि अविश्मरणिय रहने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया