बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

राजविराज राजविराज
|
सोमबार, बैशाख २४, २०८१
|
|
२४ पटक हेरिएको
Shares
बैशाख २९ देखी राजविराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

सारांश

  •     प्रतियोगिताका बारेमा जानकारी दिन आयोजक समिति जिल्ला कबडी संघद्वारा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष चन्द्र शेखर चौधरीले प्रतियोगिता सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने जानकारी दए ।
  • प्रतियोगिता जेष्ठ १ गते सम्म चल्ने उनले बताए ।
  •     उनले जिल्ला कबडी संघ सप्तरीको आयोजना, अखिल नेपाल कवडी संघको समवन्य तथा राजविराज नगरपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकासहित विभिन्न पालिकाको सहयोगमा प्रतियोगिता संचालन हुन लागेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २४ बैशाख ।

    राष्ट्रिय महिला कबड्डी प्रतियोगिता यही बैशाख २९ गते देखी राजविराजमा आयोजना हुने भएको छ । 
    प्रतियोगिताका बारेमा जानकारी दिन आयोजक समिति जिल्ला कबडी संघद्वारा सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष चन्द्र शेखर चौधरीले प्रतियोगिता सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने जानकारी दए । प्रतियोगिता जेष्ठ १ गते सम्म चल्ने उनले बताए ।
    उनले जिल्ला कबडी संघ सप्तरीको आयोजना, अखिल नेपाल कवडी संघको समवन्य तथा राजविराज नगरपालिका र अग्नीसाईर कृष्णासवरण गाउपालिकासहित विभिन्न पालिकाको सहयोगमा प्रतियोगिता संचालन हुन लागेको बताए । 
    प्रतियोगिताका विजेताले १ लाख १ हजार, उपविजेताले ५१ हजार तथा तृतिय र चौथो स्थान प्राप्त गर्ने टोलीले २५÷२५ हजार नगद सहित ट्रफी र सम्मान पत्र पाउने छन । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले २ हजार ५ सय तथा ओ म्यान अफ द  सिरिजले ११ हजार नगद सहित सम्मान पत्र पाउने पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले जानकारी दिए । 
    प्रतियोगिताका लागी कुल २६ लाख ७५ हजार ५ सय रुपैया बजेट तय गरिएको पत्रकार सम्मेलनमा अखिल नेपाल कबडी संघका केन्द्रिय महासचिव अरबिन्द झाले जानकारी दिए । 
    प्रतियोगितामा प्रत्येक टिमले ३÷३ जनाका दरले विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको बताउँदै उनले हालै सम्पन्न १९ औं एशियाली महिला कबडी प्रतियोगितामा सहभागी भई कास्य पदक विजेता नेपाली टिमका खेलाडीहरु पनि विभिन्न टिमबाट सहभागित हुने जानकारी दिए । 
    लिगकम नकआउट प्रणालीका आधारमा संचालन हुने प्रतियोगितामा १ सय २० जना खेलाडी, २५ जना प्रशिक्षक र व्यवस्थापक तथा निर्णयक सहित १ सय ६५ जनाको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको उदघाटन खेल मधेश प्रदेश र कोशी प्रदेश बीच हुनेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?