बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 

राजविराज राजविराज
|
आइतबार, श्रावण २२, २०७९
|
|
१२० पटक हेरिएको
Shares
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 

सारांश

  •     शनिबार राती पहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चौक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको हो ।
  •       सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बाँध भत्किएपछि एउटा घर कटानमा परेको जानकारी दिँदै उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको बताएका छन् ।
  •       बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानियले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ साउन । 

    सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा भत्किएको छ । 
    शनिबार राती पहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चौक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको हो । 
    सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बाँध भत्किएपछि एउटा घर कटानमा परेको जानकारी दिँदै उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको बताएका छन् । 
    बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानियले बताएका छन् । नहरको बाँध भत्किएपछि आसपासका बासिन्दा बिस्थापित हुने खतरामा पुगेकोमा कटान क्षेत्रमा आइतबार बिहानै पुगेका नगर प्रमुख ढकालसहितको एक टोलीले नियन्त्रणको प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ । 
    बाँध भत्किएको ठाउँमा तारजाली, ढुङ्गा र बोरामा बालुवा भरेर रोक्ने प्रयासका साथै जेसिभि र अन्य साधनको प्रयोग गरि मर्मतसम्भारको काम थालिएको नगर प्रमुख ढकालले बताए । उनले नहर छेउमा बसोवास गरिरहेका जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित गर्न सबै उपाय प्रयोग गर्न लागिपरेको जानकारी पनि दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
लकडाउनको सदुपयोग गर्दै स्थानियको श्रमदानबाट राजदेबीस्थित दुई सय ५० मिटर बाटो निर्माण
सप्तरीका थप दुई संक्रमितको मृत्यु
सप्तरीका थप दुई संक्रमितको मृत्यु
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
सप्तकोशी नदीको झारीमा लुकाइराखेको ठुलो परिमाणको गाजा शसस्त्रद्वारा बरामद
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड
समयमा चिकित्सक नआएको भन्दै अस्पतालमा तोडफोड
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत 
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु