राजविराज/प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आर्थिक सहयोग प्रदान गरेका छन् ।
पत्रकार महासंघको कार्यालयमै पुगेर मन्त्री साहले एक लाख रुँपैयाको चेक शाखाका अध्यक्ष श्रवण देवलाई हस्तान्तरण गरेका हुन् ।
मन्त्री साहले विपद र संकटका बेला पत्रकारहरुलाई सानै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रुपमा सहयोग गरेको बताए । उनले आफूले पत्रकारको पीडा नजिकबाट बुझेको बताउँदै आफ्नो क्षमताले भ्याएसम्म भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
मन्त्री साहले केहि दिन अगाडि महासंघलाई सहयोग गर्ने वाचा गरेका थिए । सोही वाचा उनले शनिबार पुरा गरेका हुन् । विगतमा पत्रकारिता समेत गर्दै आएका उनी महासंघका सदस्य समेत हुन् ।
महासंघका अध्यक्ष देवले मन्त्री साहप्रति धन्यवाद र आभार व्यक्त गर्दै प्राप्त सहयोगको पत्रकारको हकहितमा सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका पूर्व अध्यक्ष शम्भु झा, निवर्तमान अध्यक्ष जितेन्द्र खडगा, पूर्व केन्द्रिय सदस्य अवधेश झा लगायतले पनि मन्त्री साहप्रति धन्यवादसहित आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम संचालन सचिव रामनारायण विश्वास तथा धन्यवाद ज्ञापन उपाध्यक्ष बैद्यनाथ यादवले गरेका थिए ।
कृषि मन्त्री साहद्वारा पत्रकार महासंघलाई एक लाख सहयोग
सारांश
- मन्त्री साहले केहि दिन अगाडि महासंघलाई सहयोग गर्ने वाचा गरेका थिए ।
- सोही वाचा उनले शनिबार पुरा गरेका हुन् ।
- विगतमा पत्रकारिता समेत गर्दै आएका उनी महासंघका सदस्य समेत हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया