दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान अन्तर्गत मंगलबार राजविराजमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
१६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला बार एकाई सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए ।
१६ दिने अभियान मूल समारोह समितिका अध्यक्ष अनीता देवकोटको उपस्थितीमा भएको कार्यक्रममा सचिव सुधा देव, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नाउव निरीक्षक सुरेश पाल, एकल महिला समूहकी मन्जु साहलगायतले लैङ्गिक हिंसाबारे मन्तवय राखेका थिए ।
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
सारांश
- १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
- जिल्ला बार एकाई सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
- अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया