दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
लैङ्गिक हिंसाविरूद्धको १६ दिने राष्ट्रिय अभियान अन्तर्गत मंगलबार राजविराजमा कानुनी साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
१६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
जिल्ला बार एकाई सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए ।
१६ दिने अभियान मूल समारोह समितिका अध्यक्ष अनीता देवकोटको उपस्थितीमा भएको कार्यक्रममा सचिव सुधा देव, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रहरी नाउव निरीक्षक सुरेश पाल, एकल महिला समूहकी मन्जु साहलगायतले लैङ्गिक हिंसाबारे मन्तवय राखेका थिए ।
कानुनी साक्षरता कार्यक्रम सम्पन्न
सारांश
- १६ दिने अभियानको ऐतिहासिक पृष्ठभूमिका बारेमा जानकारी दिदै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले परापूर्वकालदेखि चलिआएको रुढिवादी सोंच, गलत परम्परा, विभेदका कारण हिंसाको क्रम नरोकिएकाले सोंचमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
- जिल्ला बार एकाई सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा एकाईका अध्यक्ष डोमन साहले खराब आचरणका व्यक्तिहरूलाई समाजमा बहिष्कार गरी शोषित–पीडितको अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
- अधिवक्ताहरु मनु खनाल र किरण साहले शैक्षिक योग्यताको प्रमाणपत्रको साथै विद्यार्थीहरूमा व्यवहारिक र कानुनी ज्ञान, तालिम र सीप आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया