संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण

राजविराज राजविराज
|
बुधबार, मंसिर १२, २०८१
|
|
२० पटक हेरिएको
Shares
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण

सारांश

  •     समितीका सभापती विमला सुवेदी तथा सदस्यहरु रन्जु ठाकुर, पुष्प बहादुर शाह, शेर बहादुर कुवँर, नविना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरिक्षण गर्दै आवश्यक जानकारी लिएको छ ।
  •       सो क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी÷बन्दी सँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागी गरिनु पर्ने कार्यहरुबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरु सँग टोली सुझाव समेत लिएको छ ।
  •       यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याका बारेमा संसदीय टोलीलाई जानकारी दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १२ मंसिर । 

    कानुन, न्याय तथा मानव अधिकार संसदीय समितीको टोलीले बुधवार राजविराज कारागार तथा प्रहरीको थुनुवा कक्षको निरिक्षण गरेको छ । संसदीय समितीद्वारा कारागार र थुनुवा कक्षको निरिक्षण गरिएको यो पहिलो पटक हो ।
    समितीका सभापती विमला सुवेदी तथा सदस्यहरु रन्जु ठाकुर, पुष्प बहादुर शाह, शेर बहादुर कुवँर, नविना यादव र प्रतिक्षा तिवारी सम्मिलित टोलीले राजविराज कारागार तथा जिल्ला प्रहरी कार्यालय सप्तरीस्थित थुनुवा कक्षको निरिक्षण गर्दै आवश्यक जानकारी लिएको छ । 
    सो क्रममा थुनुवा कक्ष तथा कारागारमा रहेका कैदी÷बन्दी सँग समस्याबारे साक्षात्कार गर्नुका साथै समाधान र सुधारका लागी गरिनु पर्ने कार्यहरुबारे सुरक्षा निकायका प्रमुख तथा सञ्चारकर्मीहरु सँग टोली सुझाव समेत लिएको छ । 
    यसबारे जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित छलफलमा प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले थुनुवाको अवस्था तथा विद्यमान समस्याका बारेमा संसदीय टोलीलाई जानकारी दिएका थिए । 
    यसैगरी सप्तरी कारागरामा विद्यमान समस्या र थुुनुवाको अवस्थाका बारेमा जानकारी गराउँदै संचारकर्मीहरुले राजविराज कारागारको जीर्ण भवन संरचना, क्षमता भन्दा चौब्बर कैदी÷बन्दी राख्दा उत्पन्न समस्या तथा कारागारको बर्षाैदेखी अतिक्रमणमा परेका जग्गा खाली गराउन नसक्दा थपिएको सुरक्षा चुनौती लगायतका समस्या उठान गर्दै समाधानका लागी पहल गर्न सुझाव दिएका थिए । 
    टोलीकी सदस्य सांसद रञ्जु कुमारी ठाकुरले हिरासतमा रहेका बन्दीहरुको अवस्था, समस्या, अधिकार, कारागार र थुनुवाकक्ष भवन संरचनाको अवस्था लगायतका विषयमा टोलीले अध्ययन गरी समाधानका उपायसहित सरकारलाई प्रतिवेदन बुझाउने बताईन । उनले विगतका कानुनमा देखिएका त्रुटिमा सुधार र आवश्यक पर्ने विषय समेटेर परिर्माजनका लागी समेत यस्तो निरिक्षण फलदायी हुने विश्वास ब्यक्त गरिन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
कथबनियाँ सेवा समाजको अध्यक्षमा प्रमोद दास चयन
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालकको मृत्यु 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
विभिन्न मुद्दामा २ हजार ५ सय १३ बर्ष १ महिना २५ दिन कैद बाँकी ः जिल्ला अदालत 
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
समाजवादी प्रेस संगठनको स्थापना दिवसमा रक्तदान
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
आसनग्रहण नगराएको भन्दै टेबुल तोडफोड
गजेन्द्रनारायण सिंहको सम्झना
गजेन्द्रनारायण सिंहको सम्झना
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
डुवान र कटान प्रभावित क्षेत्रमा प्रजिअको टोली स्थलगत निरिक्षणमा
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात 
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने
होली पर्वमा ५ सय २३ सुरक्षाकर्मीसहित  ड्रोन र सिसी क्यामराबाट निगरानी गरिने