संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित

राजविराज राजविराज
|
मंगलबार, श्रावण २६, २०७८
|
|
४० पटक हेरिएको
Shares
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित

सारांश

  •     राजविराजस्थित पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा दुबै जनालाई अभिनन्दित गरिएको हो ।
  •       कार्यक्रमका प्रमुख अतिथि पूर्व सिचाई मन्त्री उमेश प्रसाद यादवले मैथिली पाग, दोसल्ला र कदरपत्रबाट उनीहरुलाई अभिनन्दन गरे ।
  • राज्यमन्त्री कर्ण जनमूखी पब्लिकेशन प्रालीका सल्लाहकार समेत हुन् ।

दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
    जनमूखी पब्लिकेशन प्रालि सप्तरीले सोमबार प्रदेश २ का आन्तिरक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण तथा वल्र्ड बुक अफ रेकर्डसबाट सम्मानित बरिष्ठ ज्योतिष एवं बास्तु विशेषज्ञ डा. कैलाश प्रसाद साहलाई अभिनन्दन गरेको छ । 
    राजविराजस्थित पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा दुबै जनालाई अभिनन्दित गरिएको हो । 
    कार्यक्रमका प्रमुख अतिथि पूर्व सिचाई मन्त्री उमेश प्रसाद यादवले मैथिली पाग, दोसल्ला र कदरपत्रबाट उनीहरुलाई अभिनन्दन गरे । राज्यमन्त्री कर्ण जनमूखी पब्लिकेशन प्रालीका सल्लाहकार समेत हुन् । 
    लामो समयदेखी प्रकाशित हुँदै आएको कल्याण पोष्ट दैनिक पत्रिका संचालनमा सहयोगका साथै सामाजिक विभेद बिरुद्ध एवं जिल्लाको विकासमा योगदान पु¥याए वापत राज्य मन्त्री कर्णलाई अभिनन्दन गरिएको जनाइएको छ । 
    यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी डा. कैलाश प्रसाद साह हालै ज्योतिषी एवं बास्तु शास्त्र क्षेत्रमा वल्र्ड बुक अफ रेकर्डस लण्डनबाट सम्मानित भई जिल्ला र देशकै नाम अन्तराष्ट्रिय स्तरमा राख्न सफल भएकोमा अभिनन्दन गरिएको प्रालिका संस्थापक अध्यक्ष जयप्रकाश चौधरीले बताए । 
    प्रालिका वर्तमान अध्यक्ष माला कर्णको अध्यक्षतामा आयोजित अभिनन्दन समारोहमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रहरी उपरिक्षक राजेन्द्र धमला, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले शुभकामना दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?