अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ

राजविराज राजविराज
|
सोमबार, कार्तिक २१, २०७९
|
|
७१ पटक हेरिएको
Shares
अदालतबाट २५ रुँपैया जरिवाना तोकिएका फरार प्रतिवादीसहित पाँच पक्राउ

सारांश

  •      पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नाता कायम मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका ७ निवासी ३७ वर्षिया सिसकुमारी सिंह रहेकी छिन् ।
  • उनलाई सो मुद्दामा अदालतबाट २५ रुँपैया जरिवाना तोकिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 

    अदालतबाट विभिन्न मितिमा कैद तथा जरिवाना तोकिएर फरार मध्ये पाँच जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 
     पक्राउ पर्नेहरुमा अदालतबाट २५ रुँपैयादेखी ५ हजारसम्म जरिवाना तोकिएका फरार प्रतिवादीहरु रहेका छन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नाता कायम मुद्दाका फरार प्रतिवादी राजविराज नगरपालिका ७ निवासी ३७ वर्षिया सिसकुमारी सिंह रहेकी छिन् । उनलाई सो मुद्दामा अदालतबाट २५ रुँपैया जरिवाना तोकिएको थियो । 
    त्यसैगरि कुटपिट मुद्दामा फरार रहेका राजविराज नगरपालिका १६ निवासी ५१ वर्षिय जगरुप यादव र ४१ वर्षिय मनोज गोरधन यादवलाई अदालतले ६६ रुँपैया जरिवाना तोकेको थियो । सोही मुद्दामा फरार रहेका जिल्लाको सप्तकोशी नगरपालिका ८ निवासी सुकदेव चौधरीलाई अदालतले २ हजार ५ सय जरिवाना तोकेको थियो । 
    त्यसैगरि राजविराज १६ निवासी ५० वर्षिय मगालाल यादवलाई ठगि मुद्दामा अदालतले ५ हजार जरिवाना तोकेको थियो । यी सबै प्रतिवादीहरु अदालतले दण्ड जरिवानाको फैसला सुनाए लगत्तै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । 
    प्रहरीले ती सबै फरार प्रतिवादीहरुलाई खोजतलास गरि आइतबार पक्राउ गर्दै अदालतमा दाखिला गरि जरिवाना असुल गराएको डिएसपी सिंहले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दामा १५ दिन कैद  सजाय भएर फरार प्रतिवादी पक्राउ
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 
सप्तरीबाट ३१ जनाले पाए बंशज नागरिकता 
रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ
रास्वपाका सुरुङ्गा नगर सभापति पक्राउ
कंकालिनीमा ६ सय ६९ राँगाको बलि 
कंकालिनीमा ६ सय ६९ राँगाको बलि 
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
संघीयताको सफल कार्यान्वयका लागी स्थानीय तह समेत सबल हुनुपर्छ ः मन्त्री लेखी
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
प्रभु बचत तथा ऋण सहकारी  संस्थामा आगलागिबाट लाखौंको क्षति
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
एक वर्षदेखी तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा विद्यालय  बन्द गरि गाउँपालिकामा धर्नामा 
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा
परिक्षा रद्द र स्थगित गरिएको बिरोधमा विद्यार्थीद्वारा प्रदर्शन, विद्यार्थी सडकमा, सरकार छानविनमा