दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 

राजविराज राजविराज
|
आइतबार, बैशाख ६, २०८३
|
|
४७ पटक हेरिएको
Shares
दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण 

सारांश

  •     जनचेतना अभियान नेपाल सप्तरीले पोषणको अभावमा कुनै पनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले दुई पालिकामा पोषण नेपाल परियोजना संचालन गरेपछी बालबालिकामा कडा कुपोषण पाइएको जनाएको छ ।
  •       कार्यक्रम अन्तर्गत आईतबारसम्ममा हनुमाननगर कंकालिनी नगरपालिकामा ४ हजार १ सय ५६ बालबालिका तथा ७ सय ५५ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गरिएको छ ।
  •       जसमध्ये ७१ जना बालबालिकामा कडा कुपोषण र ३ सय ६० जनामा मध्यम कुपोषण देखिएको जनचेतना अभियान नेपालकी कार्यकारी जुही कुमारी ठाकुरले जानकारी दिईन् ।

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 

    सप्तरीको दुई वटा पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको छ । जिल्लाको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकाका १ सय ६ बालबालिकामा कडा कुपोषण पाइएको हो । 
    जनचेतना अभियान नेपाल सप्तरीले पोषणको अभावमा कुनै पनि बालबालिका, सुत्केरी र गर्भवती महिला कुपोषित भई जोखिममा नपरोस भन्ने उद्देश्यले दुई पालिकामा पोषण नेपाल परियोजना संचालन गरेपछी बालबालिकामा कडा कुपोषण पाइएको जनाएको छ । 
    कार्यक्रम अन्तर्गत आईतबारसम्ममा हनुमाननगर कंकालिनी नगरपालिकामा ४ हजार १ सय ५६ बालबालिका तथा ७ सय ५५ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गरिएको छ । 
    जसमध्ये ७१ जना बालबालिकामा कडा कुपोषण र ३ सय ६० जनामा मध्यम कुपोषण देखिएको जनचेतना अभियान नेपालकी कार्यकारी जुही कुमारी ठाकुरले जानकारी दिईन् । उक्त पालिकामा ३ सय ४० जना गर्भवती तथा सुत्केरी महिलामा परिक्षणका क्रममा पोषणको कमी देखिएको उनले बताईन् । 
    यस्तै कञ्चनरुप नगरपालिकामा ३ हजार ८ सय ३० जना बालबालिका र ८ सय ५९ जना गर्भवती र सुत्केरी महिलाको परिक्षण गर्दा ३५ जना बालबालिकामा कडा कुपोषण र २ सय २० जनामा मध्यम कुपोषण देखिएको उनले बताइन् ।
    उक्त पालिकामा १ सय ७९ जना गर्भवती तथा सुत्केरी महिलामा पोषणको कमी देखिएको उनको भनाई छ । यसरी पहिचान गरिएका सबै बालबालिका र गर्भवती तथा सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानिय अभिभावकहरुको उपस्थितिमा फुड प्याकेज (पोषणयुक्त सामाग्री) वितरण गरिएको छ । कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न दुबै पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र नागरिक अगुवाले साथ र सहयोग दिईरहेको उनले बताईन् ।
    केयर नेपालको सहयोग तथा जनचेतना अभियान नेपाल सप्तरीको साझेदारीमा सप्तरीको हनुमाननगर कंकालिनि तथा कञ्चनरुप नगरपालिकामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
    परियोजना अन्तर्गत ६ देखि ५९ महिना सम्मका बालबालिकासंगै गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यकर्मीहरु मार्फत विस्तृत पोषण परिक्षण गरी पहिचान भएका जोखिमयुक्त बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्थामा सुधारका लागि पोषणयुक्त सामाग्री सहितको फुड प्याकेज समेत वितरण थालिएको परियोजनाका कार्यक्रम संयोजक अजेन्द्र कुमार दासले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
कैदीबन्दीले पनि मनाए सरस्वती पुजा
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
एकै दिन जसपा अध्यक्ष यादवले गरे दुई संरचनाको उद्घाटन
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
राजपालाई थप ब्यबस्थित र संगठित बनाउन तर्दथ समिति गठन गरिदैै
बाढी प्रभावित पालिकाका  सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न 
बाढी प्रभावित पालिकाका  सरोकारवालासँग कार्यशाला गोष्ठी सम्पन्न 
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
वडा अध्यक्ष कै उपस्थितीमा नाला निर्माणमा तीन नम्बर इटाको प्रयोग 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न 
ट्राफिक नियम सम्बन्धी तालिम सम्पन्न