घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 

दैनिक संवाददाता दैनिक संवाददाता
|
सोमबार, आषाढ २२, २०८३
|
|
५५ पटक हेरिएको
Shares
घुस मागेको आरोपमा अख्तियारको टोलीद्वारा भेटेरीनरीका प्रमुख र सवारी चालक पक्राउ 

सारांश

  • अख्तियारको टोलीले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो ।
  • पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा मार्दै प्रमुख र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
  • कार्यालय प्रमुख दासले भ्याक्सिनेटरहरूलाई घुस रकम माग्न सवारी चालकलाई दबाब दिएर फोन गर्न लगाउने गरेको आरोप छ ।
दैनिक समाचारदाता
राजविराज, २२ असार । 
राजविराजस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार छापा मार्दै कार्यालय प्रमुख र सवारी चालकलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सप्तरीका कार्यालय प्रमुख रामपवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई नियन्त्रणमा लिएको हो ।
पशुचौपाया र बाख्राहरूमा लाग्ने महामारी जन्य रोग विरुद्ध लगाइने पीपीआर खोप लगाउन नियुक्ति गरेका भ्याक्सिनेटरसँग भुक्तानीका लागि २० देखि २५ प्रतिशतसम्म रकम प्रति भ्याक्सिनेटर घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा मार्दै प्रमुख र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।
कार्यालय प्रमुख दासले भ्याक्सिनेटरहरूलाई घुस रकम माग्न सवारी चालकलाई दबाब दिएर फोन गर्न लगाउने गरेको आरोप छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरीले भ्याक्सिनेटरहरूलाई भ्याक्सिन लगाएवापत प्रति बाख्रा ५ र पशुचौपायाको १० रूपैयाँ दिने गरेको छ ।
उनीहरूले भ्याक्सिन लगाएको क्षेत्रका सम्बन्धित वडाध्यक्षबाट प्रमाणित गराएर भुक्तानीका लागि निवेदन दिने गरेको छ । सोही काम गरेको रकम भुक्तानी माग गर्दा कार्यालय प्रमुखले घुस मागेपछि भ्याक्सिनेटरहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामूहिक उजुरी गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?