दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक ।
दशैं, तिहार र छठ पर्वको अवसर पारेर सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा जनचेतना रनिङ शिल्ड फुटवल प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएको छ ।
विगत चार दशक भन्दा बढी समयदेखी निरन्तर संचालन हुँदै आएको प्रतियोगिताको ४४ औं संस्करण यस पटक कात्तिक ८ देखी सुरु हुँदैछ ।
प्रतियोगिताका आयोजक महुली ११ स्पोर्टस क्लब घोगिदाहा भवानीपुरले बुधबार प्रतियोगिता स्थलमै पत्रकार सम्मेलनको आयोजन गर्दै कात्तिक १६ सम्म चल्ने प्रतियोगितामा यस पल्ट कुल ८ टिमले सहभागिता जनाएको जानकारी दिएको छ ।
आयोजक समितिका संयोजक दिलिप कुमार चौधरीका अनुसार प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर, अल्टोकी क्लब रौतहट, झुम्का फुटवल क्लब सुनसरी, गोलबजार स्पोर्टस क्लब सिरहा, बिवाइसी वर्दीवास महोत्तरी, बिराटनगर स्पोटर्स एकेडेमी मोरङ र सप्तरीका प्रोगेसिभ यूवा क्लब ओद्रहा तथा आयोजक महुली ११ गरि कुल ८ टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका सल्लाहकार शम्भुप्रसाद चौधरीका अनुसार प्रतियोगितामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ । स्थानीय जनचेतना माविको खेलमैदानमा हुने प्रतियोगिताका बिजेता टिमले ५५ हजार नगद र शिल्ड तथा उपविजेता टिमले ३५ हजार नगद र ट्रफि पाउने छन् । यस्तै विभिन्न विधामा उत्कृष्ठ खेलाडीले समेत पुरस्कार पाउने छन् ।
२०३८ सालमा प्रतियोगिताको थालनी भएको थियो । उतिबेला स्थानीय स्तरमा मात्रै सीमित रहेको प्रतियोगितामा केही वर्षपछी जिल्ला बाहिरका चर्चित टिमहरुलाई पनि समावेश गर्न थालिएको सल्लाहकार चौधरीको भनाई छ ।
प्रतियोगिताका सम्पूर्ण खेलको गोल नेपाल डट कमबाट प्रत्यक्ष प्रशारण हुने आयोजक समितिले जनाएको छ । पत्रकार सम्मेलनमा आयोजक समितिका अर्का सल्लाहकार महेश प्रसाद चौधरी, हरिप्रसाद चौधरी, कोषाध्यक्ष संगिताकुमारी सिंह, सहसचिव महेश प्रसाद विश्वकर्मा लगायतले पनि प्रतियोगिताको तयारी बारे जानकारी दिएका थिए । प्रतियोगिता अन्तरगत उद्घाट खेल त्रियुगा नगरपालिका उदपयुर र अल्टोकी क्लब रौतहटबीच हुने आयोजक समितिले जनाएको छ ।
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
सारांश
- विगत चार दशक भन्दा बढी समयदेखी निरन्तर संचालन हुँदै आएको प्रतियोगिताको ४४ औं संस्करण यस पटक कात्तिक ८ देखी सुरु हुँदैछ ।
- प्रतियोगिताका आयोजक महुली ११ स्पोर्टस क्लब घोगिदाहा भवानीपुरले बुधबार प्रतियोगिता स्थलमै पत्रकार सम्मेलनको आयोजन गर्दै कात्तिक १६ सम्म चल्ने प्रतियोगितामा यस पल्ट कुल ८ टिमले सहभागिता जनाएको जानकारी दिएको छ ।
- आयोजक समितिका संयोजक दिलिप कुमार चौधरीका अनुसार प्रतियोगितामा त्रियुगा नगरपालिका उदयपुर, अल्टोकी क्लब रौतहट, झुम्का फुटवल क्लब सुनसरी, गोलबजार स्पोर्टस क्लब सिरहा, बिवाइसी वर्दीवास महोत्तरी, बिराटनगर स्पोटर्स एकेडेमी मोरङ र सप्तरीका प्रोगेसिभ यूवा क्लब ओद्रहा तथा आयोजक महुली ११ गरि कुल ८ टिमको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया