दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य मातृका प्रसाद यादवले पार्टीलाई जिवित राख्न पार्टी भित्र संघर्ष जारी राख्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।
राजविराजमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा कार्यकर्ता भेटधाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
सप्तरी संघर्षशील जिल्ला रहेको स्मरण गर्दै उनले पार्टी वनाउन संघर्ष अपरिहार्य रहेको जिकिर गरे । उनले गठबन्धन भत्काउन कांगे्रस इतर पक्ष र केपी शर्मा ओली पक्ष लागी परेकोमा गठबन्धन नभत्किने ठोकुवा समेत गरे ।
माओवादी केन्द्र पार्टी भित्र दुई दल अस्तित्वमा रहेको कारण एमसीसीको पक्ष र विपक्षमा मतदान हुनु दुर्भाग्यको संज्ञा दिए । सोही अवसरमा प्रमुख अतिथि यादवले जसपा र स्वतन्त्र गरी तिन दर्जन भन्दा वढीलाई माओवादीकेन्द पार्टीमा प्रवेश गराए ।
प्रवेश गर्नेमा राजविराज नगरपालिका वडा नं. १० का रामपुर क्याम्पसका रिटायर्ड प्राध्यापक डाक्टर देवनाथ यादव, सुभाष यादव, धर्मनाथ यादव, चन्द्रनारायण यादव, भागवत यादव, नागेश्वर यादव, आशाराम खंग, तिलाठीकोइलाडी गापाका प्रविण कामैत, इन्दल कामैत, रुन्दि शर्मा, सम्बोध झा, आलोक झा, सुनिल मिश्र, नारायण कामैत, सहदेव कामैत, बद्री कामैतलगायत रहेका छन ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सुर्यनाथ यादव, पुर्व निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादव, डाÞ देवनाथ यादव लगायतले विचार व्यक्त गरेका थिए ।
सो अवसरमा केन्द्रिय सदस्य सुर्यनाथ यादव, पुर्व निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादव, बोदे बर्साईन नगरपालिकाका नेकपा (माओवादी केन्द्र) का सम्भाबित प्रमुख पदका उम्मेदवार डाÞ सुर्य प्रसाद यादवलाई खादा लगाएर सम्मान गरेका थिए ।
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
सारांश
- राजविराजमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा कार्यकर्ता भेटधाट, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
- सप्तरी संघर्षशील जिल्ला रहेको स्मरण गर्दै उनले पार्टी वनाउन संघर्ष अपरिहार्य रहेको जिकिर गरे ।
- उनले गठबन्धन भत्काउन कांगे्रस इतर पक्ष र केपी शर्मा ओली पक्ष लागी परेकोमा गठबन्धन नभत्किने ठोकुवा समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया