सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान

राजविराज राजविराज
|
बिहिबार, बैशाख ११, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सवारी ज्यान मुद्दामा पक्राउ परेका राम कारागार चलान

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका २ का ४९ वर्षिय श्रवण कुमार राम छन ।
  • उनलाई बिहीबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ असाढ २७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई दुई महिना कैद सजाय हुने ठहर गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 

    सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादी दश महिनापछि बुधबार पक्राउ परेका छन । 
    पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका २ का ४९ वर्षिय श्रवण कुमार राम छन । उनलाई बिहीबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ असाढ २७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई दुई महिना कैद सजाय हुने ठहर गरेको थियो । 
    अदालतको आदेश भए लगतै उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?