झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५९ पटक हेरिएको
Shares
झुम्का सुनसरीलाई पंचशिल्डको उपाधी 

सारांश

  •     प्रतियोगिताको मंगलवार सम्पन्न फाईनल खेलमा गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै झुम्काले उपाधी हात पारेको हो ।
  •       प्रतियोगिताको उपाधीसँगै झुम्काले नगद रु ३५ हजार शिल्ड तथा उपबिजेता गोलबजारले नगद रु २५ हजार र कपमा चित बुझाएको छ ।
  •       प्रतियोगिता पश्चात आयोजक बजरंग युवा क्लब डंगराहीका अध्यक्ष सुशील चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा राजपा नेपाल खडक नगर समिति संयोजक नन्नु चौधरी, खडक नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष   राजेन्द्र प्रसाद चौधरी, नेकपाका नेता मोहम्मद अयुब राईन, राजु ज्वर्लसका सञ्चालक रामअवतार विश्वकर्मा लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ६ फागुन । 
    सप्तरीको खडक नगरपालिका १० डंगराहीस्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड  फुटबल प्रतियोगिताको उपाधी रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले हात पारेको छ । 
    प्रतियोगिताको मंगलवार सम्पन्न फाईनल खेलमा गोलबजार स्पोर्टस क्लब गोलबजार सिरहालाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै झुम्काले उपाधी हात पारेको हो । 
    प्रतियोगिताको उपाधीसँगै झुम्काले नगद रु ३५ हजार शिल्ड तथा उपबिजेता गोलबजारले नगद रु २५ हजार र कपमा चित बुझाएको छ । 
    प्रतियोगिता पश्चात आयोजक बजरंग युवा क्लब डंगराहीका अध्यक्ष सुशील चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा राजपा नेपाल खडक नगर समिति संयोजक नन्नु चौधरी, खडक नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष   राजेन्द्र प्रसाद चौधरी, नेकपाका नेता मोहम्मद अयुब राईन, राजु ज्वर्लसका सञ्चालक रामअवतार विश्वकर्मा लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । 
    बजरंग युवा क्लब डंगराहीको आयोजनामा गत माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा,  उदयपुर र सुनसरीका बिभिन्न ८ क्लबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?