पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति

राजविराज राजविराज
|
सोमबार, माघ २०, २०७६
|
|
२० पटक हेरिएको
Shares
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति

सारांश

  •     पछिल्लो पटक सोमबार बिहान सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा रहेको धान, चिउरा, गहु, चामललगायतका अन्नहरु जंगली हात्तिले नष्ट गरेको छ ।
  • जंगली हात्तिले उनीहरुको धान ८ मन, चिउरा ५० किलो, चामल १०० किलो, गँहु ३ मन गरि २५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
  •       यस्तै शनिबार राति र आईतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नं.

दैनिक समाचारदाता
राजबिराज, २० माघ ।  
    कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने गरेको जंगली हात्तिको आंतकले सप्तरीको पूर्वी भेगका जनता त्रासमा रहेका छन् । हात्तिको समूहले शनिबार, आइतबार र सोमबार सो भेगमा लाखौंका धनमालको क्षति गरेको छ । 
    पछिल्लो पटक सोमबार बिहान सप्तरीको कंचनरुप नगरपालिका ९ रुपनगरका श्याम यादव र मुक्तिलाल यादवको घरमा रहेको धान, चिउरा, गहु, चामललगायतका अन्नहरु जंगली हात्तिले नष्ट गरेको छ । जंगली हात्तिले उनीहरुको धान ८ मन, चिउरा ५० किलो, चामल १०० किलो, गँहु ३ मन गरि २५ हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।  
    यस्तै शनिबार राति र आईतबार बिहान आएको हात्तीको समूहले कंचनरुप नगरपालिका वडा नं. १२ का जगत बहादुर केसीको घर तथा पूर्व मन्त्री समेत रहेका हेमराज तातेडको खेतमा लगाइएको अन्नपातमा क्षति पु¥याएको छ । 
    चार÷पाँच वटा आएको हात्तिको समूहले कंचनरुप नगरपालिका वडा नम्बर १२ कलौनी बस्ने ७५ बर्षीय जगत बहादुर केसीको आँगनमा लगाइएको बार भत्काएर ५० हजार बराबरको क्षति गरेको छ । हात्तीले उनको आँगनमा राखिएको ५० मन धान, एक मन मकै खाएका छन् ।
    त्यस्तै हात्तीको समूहले शनिबार राति पूर्व मन्त्री तातेड्ले कंचनरुप नगरपालिका वडा नम्बर १२ धरमपुरस्थित खेतमा लगाएको आलुबाली, गहुबालिमा हात्तिले क्षती पु¥याएको छ भने बिभिन्न बाली खाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    विगत एक दशकदेखी जिल्लाको पूर्वी भेगका जनता हात्ति आंतकबाट निकै त्रसित भइरहेका छन् । खासगरी रातिको समयमा आउने हात्तीको समूहले घर भत्काइदिने, अन्नबाली नष्ट गर्नेदेखि व्यक्तिमाथि आक्रमण समेत गर्दै आएका छन् । 
    जिल्लाको कंचनरुपसहित सप्तकोशी नगरपालिका, अग्निसाइर कृष्णासावरण, रुपनी गाउँपालिका, खडक गाउँपालिका र हनुमाननगर कंकालनी नगरपालिकाको पूर्वी भेगमा हात्तीले आंतक को मच्याउँदै आएको छ । 
    यता हात्ती आतंक बढेपछि त्यस क्षेत्रका बासिन्दाहरु रातीको समयमा जाग्रम समेत बस्दै बाध्य भएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा काठ चिर्ने मेशिनसहित पाँच लाखको क्षति
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
भाईको हत्या गर्ने दाई २० वर्ष पछि पक्राउ
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग  गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
व्यक्तिगत रुपमै नेता मण्डलले गरिब, विपन्न तथा सहिद परिवारलाई राहत बितरण गर्दै 
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
ऋण चुक्ता गरेपनि धितोको जग्गा फिर्ता नगरेको पीडितहरुको आरोप
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
सांसद सिंहसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गर्दै 
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
हनुमाननगर कंकालिनीको सबै स्वास्थ्य चौकीमा ट्याब वितरण 
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण
संसदीय समितीको टोलीद्वारा राजविराज  कारागार र थुनुवा कक्षको निरिक्षण