दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशले निकास पाउन नसके सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने बताएका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए । देश अहिले सामान्य अवस्थामा नरहेकोले सबै शक्ति राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर निकास दिनुपर्ने अवस्था आएको उनको भनाइ छ ।
देश संकटपूर्ण अवस्थामा रहेकोले सबै राजनीतिक शक्ति सहकार्य गरेर मात्र अहिले अवस्थाबाट पार लाग्ने दावी गर्दै उनले सरकारले सर्वपक्षीय सम्मेलन बोलाएर सबैको सहमतिमा मौलिक व्यवस्थामा जानुपर्ने धारणा राखे ।
देश संकटमा परेको बेला मधेश प्रदेशमा देखिएको छिनाझप्टीले प्रदेशको औचित्य समाप्त भईसकेको भन्दै उनले प्रदेश खारेज गरेर नयाँ व्यवस्था सहित अगाडी बढ्नुपर्नेमा जोड दिए ।
“यो व्यवस्थाले पार लाग्दैन” उनले भने, अव प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावको रुपमा राजा र राजा सहितको हिन्दू राष्ट्र कायम गर्नुपर्ने उनको भनाई थियो ।
भदौ २३ र २४ गतेको आन्दोलनमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्म जल्नुको कारण पछाडि विदेशीको पनि हात रहेको दावीका साथ उनले यसतर्फ पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा महामन्त्री प्रहलाद प्रसाद साह, मधेश प्रदेश अध्यक्ष भरत गिरी र प्रदेश समिति सदस्य विनोद पाण्डे, क्षेत्रीय अध्यक्ष नारायण मिश्रा लगायतले पनि बोल्दै राजा सहित हिन्दू राष्ट्र स्थापनाका लागि अगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अत्याधिक मतले विजय बनाउनु अपिल गरेका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथि लिङ्गदेनले फूल माला र अबिर लगाई स्वागत गरेका थिए । क्षेत्रीय अधिवेशनले रामकुमार यादवको नेतृत्वमा क्षेत्र नं. ३ को नयाँ कार्यसमिति सर्वसम्मितले चयन गरेको छ ।
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
सारांश
- सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं.
- ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
- अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया