सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
६९ पटक हेरिएको
Shares
सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं.
  • ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ मंसिर ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले देशले निकास पाउन नसके सार्वभौमसत्ता माथि नै खतरा उत्पन्न हुने बताएका छन् ।  
    सप्तरीको शम्भुनाथ नगरपालिका १२ अर्नाहामा बिहीवार राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं. ३ को प्रथम क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले देश अहिले असामान्य अवस्थामा पुगेको भन्दै देश जोगाउन सबै शक्ति मिलेर अघि बढनुपर्नेमा जोड समेत दिए । देश अहिले सामान्य अवस्थामा नरहेकोले सबै शक्ति राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर निकास दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । 
    देश संकटपूर्ण अवस्थामा रहेकोले सबै राजनीतिक शक्ति सहकार्य गरेर मात्र अहिले अवस्थाबाट पार लाग्ने दावी गर्दै उनले सरकारले सर्वपक्षीय सम्मेलन बोलाएर सबैको सहमतिमा मौलिक व्यवस्थामा जानुपर्ने धारणा राखे ।
    देश संकटमा परेको बेला मधेश प्रदेशमा देखिएको छिनाझप्टीले प्रदेशको औचित्य समाप्त भईसकेको भन्दै उनले प्रदेश खारेज गरेर नयाँ व्यवस्था सहित अगाडी बढ्नुपर्नेमा जोड दिए ।
    “यो व्यवस्थाले पार लाग्दैन” उनले भने, अव प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अभिभावको रुपमा राजा र राजा सहितको हिन्दू राष्ट्र कायम गर्नुपर्ने उनको भनाई थियो ।
    भदौ २३ र २४ गतेको आन्दोलनमा संसद भवन, सिंहदरवार, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री र राष्ट्रपति कार्यालयसम्म जल्नुको कारण पछाडि विदेशीको पनि हात रहेको दावीका साथ उनले यसतर्फ पनि सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए ।
    राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर साहको अध्यक्षतामा आयोजित कार्यक्रममा महामन्त्री प्रहलाद प्रसाद साह, मधेश प्रदेश अध्यक्ष भरत गिरी र प्रदेश समिति सदस्य विनोद पाण्डे, क्षेत्रीय अध्यक्ष नारायण मिश्रा लगायतले पनि बोल्दै राजा सहित हिन्दू राष्ट्र स्थापनाका लागि अगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अत्याधिक मतले विजय बनाउनु अपिल गरेका थिए । 
    सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नव प्रवेशीहरुलाई प्रमुख अतिथि लिङ्गदेनले फूल माला र अबिर लगाई स्वागत गरेका थिए । क्षेत्रीय अधिवेशनले रामकुमार यादवको नेतृत्वमा क्षेत्र नं. ३ को नयाँ कार्यसमिति सर्वसम्मितले चयन गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
पोखरीमा डुबेर चार वर्षिय बालकको मृत्यु
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन 
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
प्रदेश २ को सरकार  परिर्वतन हुँदैन् ः मन्त्री साह
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
एक महिलासहित दुई जना लागु औषधसहित पक्राउ
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी