एकपछि अर्को अतिक्रमित संरचना हटाईदै

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
४० पटक हेरिएको
Shares
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै

सारांश

  •     शुक्रबार राजविराज नगरपालिकाले वडा नं.
  • ६ स्थित बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडक आसपासका घर, टहरा लगायतका अतिक्रमित भौतिक संरचना हटाउन सुरु गरेको छ ।
  •  यसअघि सिरहा रोड, कंचनपुर रोड, हटिया बजार लगायतका क्षेत्रमा डोजर लगाएर अतिक्रमित संरचना हटाइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
 
    राजविराजलाई अतिक्रमण मुक्त तथा व्यवस्थित गर्ने उद्देश्यले दुई महिनादेखी थालिएको अभियानलाई निरन्तरता दिइएको छ । 
    शुक्रबार राजविराज नगरपालिकाले वडा नं. ६ स्थित बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडक आसपासका घर, टहरा लगायतका अतिक्रमित भौतिक संरचना हटाउन सुरु गरेको छ ।  यसअघि सिरहा रोड, कंचनपुर रोड, हटिया बजार लगायतका क्षेत्रमा डोजर लगाएर अतिक्रमित संरचना हटाइएको थियो ।
    अतिक्रमणका कारण प्रशिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर तथा सोही मार्गबाट सीमावर्ती भारतीय बजारसम्म आवगमनमा समस्या हुनुका साथै सडक फराकिलोको निर्माण कार्य समेत प्रभावित हुने गरेको थियो । 
    नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले पूर्व सूचना दिएर अतिक्रमित संरचना डोजर लगाएर भत्काइएको जानकारी दिइन् । अतिक्रमित संरचना हटाउन पछिल्लो पटक १५ दिने सूचना जारि गरि आग्रह गर्दा पनि कतिपयले वेवास्ता गरेकाले बाध्य भई डोजर चलाउनु परेको उनको भनाई छ । 
    फराकिलो सडक तथा नगरलाई व्यवस्थित र सौन्दर्यकरणका लागि यस्तो अभियान चलाइएको नगरपालिकाले जनाउँदै उनले नगर व्यवस्थित गर्न थालिएको कदममा नगरवासीबाट सहयोग र समर्थन प्राप्त भइरहेकाले यो अभियान नरोकिने बताइन् । 
    राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङले बागेश्वरी मन्दिरदेखी सखडा मोडसम्मको सडकको दायाँबायाँ ६.५÷६.५ मिटर क्षेत्रमा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउन थालिएको बताउँदै छिट्टै नगर क्षेत्रका बाँकी रहेका स्थानमा समेत अतिक्रमण गरि बनाइएका भौतिक संरचना भत्काउने काम अघि बढ्ने जानकारी दिए । 
    अतिक्रमित जग्गा खाली गराउन डोजरसहित राजविराज नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
फुसको संरचना भएका घरको ठाउँमा पक्की भवन बनाउने मेरो सपना ः मन्त्रि साह
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
स्वास्थ्य शाखा संयोजक ठाकुरलाई लागु औषध मुद्दामा फसाउन खोजिएको नगरपालिकाको दाबी
जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन
जसपा सप्तरीको आन्तरिक विवाद उत्कर्षमा, असन्तुष्ट पक्षद्वारा समानान्तर जिल्ला समिति गठन
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
खडकको अधिकांश बिधालयका बालबालिकाले त्रैमासिक परीक्षा सकिएपनि पाठ्यपुस्तक पाएनन्
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
लागु औषध सेवनका लागी पैसा लिएर जान नदिदाँ श्रीमतीको हत्या, आमा, बुबा घाइते
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
सप्तरी जिल्ला मधेश केन्द्रित दलका अध्यक्षको रोजाईमा, क्षेत्र नं. २ बाट उपेन्द्र, डा. सिके र महन्थको नाम सिफारिस
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
राजरंगशालाको प्यारापिट मूनी बस्ने बिपन्न परिवारलाई राहत बितरण 
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?