रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 

राजविराज राजविराज
|
आइतबार, आषाढ १९, २०७९
|
|
३२ पटक हेरिएको
Shares
रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक सुरक्षाका निम्ती खतरा भएको भन्दै प्रवेशमा  कडाई र नियन्त्रण गर्न माग 

सारांश

  •     प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आइतबार एक ज्ञापन पत्र बुुझाउँदै परिषदले यस्तो माग गरेको हो ।
  •       प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा देशको सास्कृतिक पहिचानलाई खलल पु¥याउने त्यस्तो व्यक्ति र समुहलाई गैर कानुनी रुपमा नेपाल प्रवेशमा सघाउने र संरक्षण दिनेमाथी समेत कडा निगरानी र कारवाही गर्न माग गरिएको छ ।
  •     मानवताका लागी चुनौतीपुर्ण मानिएको यस प्रकृतिका समुह र संगठनको काम कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य बाहिर आएको छ, ज्ञापन पत्रमा उल्लेख गर्दै भनिएको छ “यसलाई इस्लामिक समुह र संगठनकै प्रभाव र प्रयासमा नेपालमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवी÷मौलानाको उल्लेख्य प्रवेशले सुरक्षा चुनौती समेत बढेको देखिन्छ ।

दैनिक समाचारदाता
राजबिराज, १९ असार । 
    विश्वहिन्दु परिषद सप्तरीले विभिन्न वहानामा नेपाल पसेको रोहिङ्गया, बंगलादेशी र पाकिस्तानी नागरिक नेपालको आन्तरिक सुरक्षाका निम्ती खतराको संकेत भएको भन्दै उनीहरुको प्रवेशमा कडाई र नियन्त्रण गर्न माग गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आइतबार एक ज्ञापन पत्र बुुझाउँदै परिषदले यस्तो माग गरेको हो । 
    प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा देशको सास्कृतिक पहिचानलाई खलल पु¥याउने त्यस्तो व्यक्ति र समुहलाई गैर कानुनी रुपमा नेपाल प्रवेशमा सघाउने र संरक्षण दिनेमाथी समेत कडा निगरानी र कारवाही गर्न माग गरिएको छ ।
    मानवताका लागी चुनौतीपुर्ण मानिएको यस प्रकृतिका समुह र संगठनको काम कारवाही नेपालमा समेत विस्तार हुदै गएको तथ्य बाहिर आएको छ, ज्ञापन पत्रमा उल्लेख गर्दै भनिएको छ “यसलाई इस्लामिक समुह र संगठनकै प्रभाव र प्रयासमा नेपालमा मदरसाहरुको अनियन्त्रित विस्तार र त्यसमा विदेशी मौलवी÷मौलानाको उल्लेख्य प्रवेशले सुरक्षा चुनौती समेत बढेको देखिन्छ ।”
    ज्ञापनपत्रमा मदरसा विधेयकलाई राष्ट्रघाती र मानवता विरोधीको संज्ञा दिदै यसलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ । 
    परिषदका अध्यक्ष रामकिसुन साहका साथै लोकेन्द्र झा, कार्तिक चौधरी, दिलिप साह लगायत पदाधीकारी सम्मिलीत टोलीद्वारा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रालयलाई समेत बोर्धाथ दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
गर्भवति महिला र उनकी तीन वर्षिया छोरी कोरोना मुक्त 
गर्भवति महिला र उनकी तीन वर्षिया छोरी कोरोना मुक्त 
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
क्वारेन्टाइनबाट कोरोना संक्रमित फरार 
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
गहुँ दाउने तथा बारी सफा गर्ने क्रममा  भएको आगलागिमा लाखौंको क्षति
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
मुसहर समुदायले १२ बुदे माग अघि सार्दै दिनाभद्री जन्मोत्सव मनाउने
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
एक महिलासहित ६ कैदीलाई माफी 
एक महिलासहित ६ कैदीलाई माफी 
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन